उपेन्द्रलाई सरकारमा जान नदिन वावुरामको प्रपन्चः हिसिलालाई मन्त्री वनाउन दवाव

संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले सांसद नै नभएकी पत्नि हिसिला यमीलाई मन्त्री वनाउन दवाव दिएपछि सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)मा विवाद सुरु भएको छ । विशेष गरी भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवका विचमा विवाद उत्कर्षमा पुगेको जनाईएको छ ।
गठवन्धनमा रहेका नेताहरुले यसअघि नै सांसद नभएका व्यक्तिलाई मन्त्री नबनाउने सैद्धान्तिक सहमति गरेका थिए । तर, डा. भट्टराईले जसरी भए पनि आफ्नो समूहबाट हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउनु पर्ने अडान लिएका छन् । भट्टराईको यस्तो जिद्धिका कारण अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका श्रोतले जनाएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका नेताहरुको विचमा भएको सहमति अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम सिफारिस गर्दा सांसदलाई मात्र सिफारिस गर्न र सांसद नभएकालाई अन्य नियुक्तिमा मिलाउन भनेका छन् ।
तर, भट्टराईले जसरी भएपनि गर्नुपर्छ भन्दै गैरसांसदलाई मन्त्री बनाउन दबाब दिएको जनाइन्छ । डा.भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम गरी दुई धार रहेको जसपामा भट्टराई बाहेक अन्य कोही पनि सांसद छैनन् । आफु प्रधानमन्त्री भइसकेकाले मन्त्री बन्न नमिल्ने भएपछि उनले उपेन्द्र यादवलाई समेत सरकारमा जान नदिन वहाना वनाई रहेको यादव पक्षको वुझाई छ ।
गत भदौ एक र दुई गतेको बैठकमा पनि भट्टराईले उपेन्द्र यादवले सरकारमा जान नहुने अभिब्यक्ति दिएका थिए । यो सरकार चुनावी सरकार भएकाले अध्यक्ष नै सरकारमा गएपछि पार्टी सञ्चालनमा समस्या उत्पन्न हुने उनले तर्क गरेका थिए ।
उनले हिसिला मन्त्री वनाउन र अध्यक्ष यादवलाई रोकेर अन्य नेतालाई नेतृत्व गरेर सरकारमा पठाउने अनेक वहाना वनाईरहेको नेताहरु वताउँछन् । त्यसका लागि हिसिला यमीले गंगानारायण श्रेष्ठ, महेन्द्र राययादव र राजेन्द्र श्रेष्ठलाई उकासिरहेको उनीहरुको भनाई छ। ‘तपाइहरू पनि उपप्रधानमन्त्री बन्न सक्नुहुन्छ’ भन्दै उनीहरुलाई उकासेर उपेन्द्र यादवलाई दवावमा राख्न भट्टराईले यमीलाई परिचालन गरेको श्रोतको दावी छ ।
वावुराम भट्टराई हिसिला यमी जसपा गैरसांसदलाई मन्त्री