News

मध्यमार्गीलाई रोक्ने ओलीको ‘ट्रिक’, १० वुँदे कार्यान्वयन गर्ने वचन

मध्यमार्गीलाई रोक्ने ओलीको ‘ट्रिक’, १० वुँदे कार्यान्वयन गर्ने वचन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वुँदे सहमति कार्यान्वयन गर्ने वचन दिएका छन् । सोमवार अध्यक्ष ओलीलाई भेट्न पुगेका मध्यमार्गी नेताहरुसँगको छलफलका क्रममा ओलीले सहमति कार्यान्वयन गर्ने वचन दिएका हुन् ।

उनीहरुलाई दिएको वचन पुरा गर्न ओलीले मंगलवारका लागि स्थायी कमिटीको वैठक समेत वोलाएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको उनले जनाएका छन् ।

मध्यमार्गी नेतालाई रोक्नकै लागि वैठक वोलाईएको जनाईएको छ । पार्टी एकता पक्षधर रहेका मध्यमार्गी नेताहरुलाई माधव नेपाल पक्षमा जानबाट रोक्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको नेताहरुले जनाएका छन् ।

उनीहरुले १० वुँदे कार्यान्वयनको प्रतिवद्धता जनाउन ओलीसमक्ष मंगलवारसम्मको अल्टिमेटम दिएका थिए । सोहि विषयमा भएको सोमवारको छलफलपछि बैठकपछि नेता योगेश भट्टराईले आफूहरुबीच एमालेलाई एकतावद्ध बनाएर लैजाने सहमति भएको बताए। उनले माधवकुमार नेपालले पार्टी विभाजन गर्न हतार गरेको बताए।

तर अझै पनि आफूहरु नेता नेपाललाई एमालेमै फर्काउने प्रयासमै रहेको उनले बताए। उनले एमाले विभाजन गर्ने बाहेकका सबै कुरामा साथ दिन्छौँ भन्दा पनि नेता नेपालले विभाजन नै रोजेको बताए।

भट्टराईका अनुसार आजको वार्तामा १४ जना सांसदलाई गरिएको कारबाही पनि फिर्ता लिन अध्यक्ष ओली सहमत भएका छन्।

यो पनि

‘अष्टसांसद’ को चेपुवामा अष्टलक्ष्मीः मुख्यमन्त्री पद धरापमा

केपी शर्मा ओली १० वुँदे सहमति मध्यमार्गी नेता स्थायी कमिटी

विशेष