News अपराध सुरक्षा

रवी लामिछाने र ज्वाला संग्रौलाका कारण न्यूयोर्कमा वस्ने हेम थापालाई सुरक्षा थ्रेट

रवी लामिछाने र ज्वाला संग्रौलाका कारण न्यूयोर्कमा वस्ने हेम थापालाई सुरक्षा थ्रेट

अमेरिकाको न्यूयोर्कमा रहेर समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका हेम थापाले टेलिभिजन प्रस्तोता रवी लामिछाने र कथित अभियन्ता ज्वाला संग्रौलाका कारण आफुमाथि सुरक्षा थ्रेट वढेको जनाएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै थापाले लामिछाने र संग्रौलासहित अन्य तीन जनाका कारण आफुमाथि सुरक्षा खतरा वढेको जनाएका छन् । ‘यी २ जना अराजक संगठनका नाइकेहरूको मैले के बिगारेको छ र, मलाई यती साह्रो खेदेका हुन ? मालिकको अडर कसरी हुँदोरहेछ ? भगवानको आकाशवाणी र आदेश कसरी गरिदो रहेछ भन्ने साथै मालिकको आदेश हनुमान  र भगवानको आदेश भक्तले कसरि सिरोधार्य गरेका छन् ,यो पनि सुन्नु होला’ फेसवुकमा एउटा अडियो रेकर्ड तथा लामिछाने र संग्रौलाको फोटोसहित राखेर उनले लेखेका छन्–‘मलाई ६ बर्ष अगाडिदेखि बारम्बार हरेक तरीकाबाट तनाब, टर्चर दिएका छन् । भोलि म लगाएत मेरो परिवारमा केहि दुर्घटना भएमा यी २ जना (ज्वाला संगौला, रबि लामिछाने ) लगाएत अरू ३ जना पुर्ण जिम्मेदार रहने छन् । यो सबैले लेखेर राख्नु होला। ३ जनाको नाम पनि पर्दाफास गर्ने छु !!!’

थापाले लामिछाने र ज्वाला संग्रौला विरुद्ध फेसवुकमा विरोध जनाउँदै आएका छन् । रवी लामिछानेको वारेमा उनले लेखेका छन्–‘सोझा जनतालाई लुट्न कति खुरापाति दिमाग लगाउछन् है ? साथै कतिलाई प्रयोग गर्छन् है ? सिधाकुरा जनताको नाउमा हरेक नाटक र नौटंकीबाज गरेर, देखाएर, अरू लाई भाबुक अनी ईमोसन ब्ल्यामेल गरेर, आफु तिर सबैको ध्यान खिचेर हिरो साबित गर्न खोज्दै दुनियाँलाई आँशुमा डुबाए।’

हिरो बनिनका लागि नेतालाई टुडिखेलमा लगेर नाकको डाँडी भाची दिनेसम्म अभिब्यक्ति दिएको वताएका उनले ‘भुत काण्ड र अदततभुत बालक भनेर आँखा छोपेर सबै चिन्ने भनेर नाटक गराए, अस्ट्रेलिया, जापान र दुबै काण्डले तहल्कै मचाए, बस्ति बनाउन देखि हस्पिटल बनाउन, अस्पताल चलाउन, द लिडर सो चलाउनेदेखि कामका कुरा हुदै अबत झन् ग्लोक्सी फोरकेसम्मको टिभी प्रोग्राम गरेर ठग्ने ?’ उनले लेखेका छन्–‘अरूले चाहीँ नखाएको, नदेखेको भएनि तिर्दा ठग हुने ? अराजक संगठनका भगवान र गुण्डाका नाइकेले चाहीँ हरेक बहाना बनाएर लुट्दा, ढाँट्दा र छल्दा चाही ठगेको नहुने ? आँखाको अगाडि व्रम्हलुट गर्दा पनि ठगेको नहुने ?’

आँखाले देखेर पनि धेरै भाई बहिनी भगवान बन्न र हाई हाई पाउन लाई  एउटा ठग, गुण्डा ब्यापारीको ब्यापारलाई आफु ब्राण्डएम्बेस्टर बनेर प्रचार गरेर रमाइ रहेको उनले जनाएका छन् । ‘भिड र पब्लिक भएको ठाउँमा केही नहेरी हामफाल्ने र कुदनेको जमात निकै छ’ उनले लेखेका छन्–‘देश र समाजको लागी भुत्लोभाङ केहि नगर्ने सबै आफु स्वार्थको काम गर्नेलाई पनि भगवान मानेर खुट्टा ढोग्ने भिड निकै छ । डेमो देखाउछु भनेर बिजय शाही र द लिडर सो देखाउछु भनेर रबी लामिछानेले पैसा लिनु उस्तै हो कि हैन ? अस्पताल चलाउछु भनेर भिक मागेर आएको पैसा आफÞ्नो प्राईभेट फाउण्डेशको खातामा राख्न मिल्छ ? हेरक काम गर्दा भिक मागेका पैसाको पारदर्शिता खै ? तर यहाँ बोल्नु हुदैम खान, चिथोर्न आउछन् । कसैको बोल्ने हिम्मत छैन, बोले बाँच्न गारो हुन्छ, यहि छ हाम्रो नेपालमा ...। अब मैले यति लेखेको छु तल कस्ता कस्ता कमेन्ट आउछन् हेर्नु होला ।’

रवी लामिछाने ज्वाला संग्रौला हेम थापा

विशेष