कुलमानलाई आपत, सर्वोच्चले नियुक्तिको मिसिल कागज झिकायो

कुलमानलाई आपत, सर्वोच्चले नियुक्तिको मिसिल कागज झिकायो

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति वदरको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मंगलवार मिसिल कागज झिकाउने आदेश दिएको हो ।

अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन अदालतले आदेश दिएको छ ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए ।

कुलमान घिसिङ हितेन्द्रदेव शाक्य

संम्बधित खबर

विशेष