News राजनीति

झलनाथले भने– जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन

झलनाथले भने– जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलिय जनवाद नमान्ने भएको छ ।

एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मंगलवार चन्द्रागिरी रिसोर्टमा वसेको भर्चुअल वैठकलाई संवोधन गर्दै जवजनको युग सकिएको वताए । 

बैठकलाई दिल्लीबाटै सम्वोधन गरेका खनालले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दावी गरे । ‘जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन’ उनले भने–‘अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’

खनालले केपी ओलीका विरुद्ध सिंगो पंक्ति उत्रिनुपर्ने र सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छापेर देशभर वितरण गर्र्नु पर्ने वताए ।
उनले एमाले विभाजनलाई क्रान्तिकारी व्रिद्रोहको संज्ञा दिदै स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको आरोप लगाए ।

नेता खनाल आगामी सोमवार नेपाल फर्कदैछन् । एमालेको वरिष्ठ नेताका रूपमा मिर्गौला प्रत्यारोपण गर्न दिल्ली गएका उनी एकीकृत समाजवादीको वरिष्ठ नेताका रूपमा नेपाल फर्किने भएका छन् । 

माधवकुमार नेपाल मदन भण्डारी झलनाथ खनाल नेकपा (एकिकृत समाजवादी) जनताको वहुदलिय जनवाद

विशेष