विदेश राजनीति

चीनमा जन्मदर कम गर्न अपसंख्यक मुस्लिम महिलामाथि दबाब

चीनमा जन्मदर कम गर्न अपसंख्यक मुस्लिम महिलामाथि दबाब

बेईजिङ । चीन सरकारले मुस्लिम अल्पसंख्यक महिलाहरुलाई जन्मदर घटाउन दबाब दिएको बताईएको छ । 
मुस्लिम अल्पसंख्यक उईघुर समुदायमाथि दमन गरिरहेको आरोपका बीच चीन सरकारले मुस्लिम महिलाहरुलाई जन्मदर कम गर्न दबाब गरिरहेको खुलेको छ । जनसंख्या नियन्त्रणको बाहानामा चीन सरकारले उईघुर समुदायलाई जन्मदर कम गर्न दबाब दिईरहेको छ । उईघुर जातिको जनसंख्या कम गर्न चीनले उईघुर महिलाहरुलाई निशाना बनाईरहेको एमी क्वीनले द न्यू योर्क टाईम्समा लेख प्रकाशित गरेकी छिन् ।  चीन सरकारले उईघुर महिलाहरुलाई गर्भनिरोधक उपाय अबलम्बन गर्न बाध्य बनाउने गरेको बताईएको छ । एक पचास बर्षीय उईघुर महिला केलबिनुर सेदिकले सरकारको नीति अबलम्बन गर्दै एक जना मात्र बच्चा जन्माएको बताईन् । गर्भनिरोधक उपाए नअपनाए प्रहरीलाई उजुरी दिने भनेर आफुलाई धम्काएको उनले बताईन् । उनलाई बलपूर्वक गर्भनिरोधक उपाय प्रयोग गर्न लगाईएको बताईन् । अल्पसंख्यक मुस्लिम समुदायको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले सिन्जियाङ  क्षेत्रमा उईघुर जस्ता मुस्लिम समुदायलाई जन्मदर कम गर्न बाध्य बनाउँदै आएको छ । स्रोत याहु न्युज

विशेष