News अपराध सुरक्षा

वलात्कारको आरोप लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

वलात्कारको आरोप लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

वलात्कारको आरोप लागेका रुपन्देही सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई अदालतले धरौटीमा रिहा गरेको छ ।

रुपन्देही जिल्ला अदालतले दुवै पक्षको बहसपछि शुक्लालाई ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । उनी रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए ।

न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार थुनछेक बहसपछि शुक्ललाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए।

वलात्कारको आरोप गाउँपालिकाका अध्यक्ष धरौटीमा रिहा

विशेष