News Breaking News समाज देश

मन्दिर तोडफोडका घटाना प्रति हिन्दु संघसंस्थाले चासो रहेको भन्दै राजदूतावासले रिपोर्ट पठाउँदै कारवाहीका माँग

मन्दिर तोडफोडका घटाना प्रति हिन्दु संघसंस्थाले चासो रहेको भन्दै राजदूतावासले रिपोर्ट पठाउँदै कारवाहीका माँग

काठमाडौं । केही दिनअघि पाकिस्तानमा हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

नेपाल विश्व हिन्दु महासंघ, सनातन धर्म महासंघले नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहमार्फत पाकिस्तानी प्रधानमन्त्रीका नाममा ज्ञापन पत्र पठाएर उनको ध्यानाकर्षण गराएको हो।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आक्रमण घटनाप्रति नेपालका हिन्दु संघसंस्थाको चासो र चिन्ता रहेको भन्दै कारबाही अघि बढाउन विदेश मन्त्रालयमा जानकारी गराएको हो । नेपालका हिन्दु संघसंस्थाको उक्त घटनाप्रति चासो रहेको भन्दै राजदूतावासले रिपोर्ट पठाउँदै कारवाहीका लागि विदेश मन्त्रालयमा जानकारी गराइएको हो ।

स्रोतका अनुसार नेपाल र भारतका हिन्दुहरुको एकता देखेर डराएको दूतावासले उक्त पत्र इस्लामावादस्थित विदेश मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय पठाएको हो । सनातन धर्म महासंघ नेपाल र नेपाल विश्व हिन्दू महासंघका पदाधिकारीले अलग-अलग हस्ताक्षर गरेको उक्त पत्रको रिपोर्ट बनाएर पाकिस्तानी प्रधानमन्त्रीलाई पठाइएको हो ।

राजदूतावासका काउन्सिलर अदनान जावेद खानले पाकिस्तानमा अल्पसंख्यकको संरक्षणका लागि ज्ञापनपत्र भन्दै इस्लामावादस्थित विदेश मन्त्रालयमा रिपोर्ट पठाएर जानकारी गराएका हुन् ।

रिपोर्टमा भनिएको छ, ‘रहीम यार खान जिल्लामा हिन्दू मन्दिरमाथि भएको तोडफेडमा संलग्नमाथि उचित कारवाहीका होस्’

केही दिनअघि पञ्जाब प्रान्तको रहीम यार खान जिल्लाको भोंग गाउँमा चरमपन्थीहरुको भीडले प्रहरीकै उपस्थितिमा हिन्दु मन्दिरमा हमला गरि तोडफोड गरेका थिए ।

मन्दिरमात्र तोडफोड नभएर मूर्तिहरुको पनि अपमान गरिएको र देवीदेवताहरुको पोस्टर अतिवादी तत्वहरुद्वारा जलाइएको थियो । जसको चौतर्फी विरोध भइरहेको छ ।

विश्व हिन्दू महासंघका प्रवक्ता राजन अधिकारीले विज्ञप्ति जारी गरेर पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका थिए ।

उक्त ज्ञापन पत्रमा हिन्दुहरुको धार्मिक स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ । हिन्दुहरुको माथिको आक्रमण बन्द गर्न, दोषीलाई कारवाही गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

महासंघले पाकिस्तानमा भएको घटनामा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकर्षण गराएको थियो । त्यस्तै गरी हिन्दुहरुको आस्थामाथिको आक्रमण रोक्न कडा कानुन बनाउन पनि पाकिस्तानसँग माग गरिएको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् र अन्य विश्व समुदायलाई अल्पसंख्यक हिन्दु समुदायको रक्षाका लागि बोल्न र पहल गर्न आग्रह गरिएको छ ।

विशेष