News

प्रदेश २ लाई तालिवानको कारखाना वनाउन खोजेको भन्दै मुख्यमन्त्रीको राजिनामा माग

प्रदेश २ लाई तालिवानको कारखाना वनाउन खोजेको भन्दै मुख्यमन्त्रीको राजिनामा माग

प्रदेश २ लाई तालिवान उत्पादन केन्द्र वनाउन खोजेको भन्दै सप्तरी सदरमुकाम राजविराजनमा मंगलवार प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय एकता अभियानद्वारा आयोजित प्रदर्शनमा प्रदेश सभामा पेश भएको मदरसा शिक्षा विधेयकको विरोध गरिएको छ। प्रदर्शनकारीले मुख्यमन्त्री राउतको पुतला दहन गरेका छन् ।

अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वमा निस्केका अभियानीहरुले नाराजुलुससहित राजविराजमाको बजार परिक्रममा गरेका थिए । स्थानीय सहिद चोकमा जम्मा भएका उनीहरुले त्यहि कोणसभाको आयोजना गरे । 

कोणसभामा वोल्दै अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिवान उत्पादनको कारखाना वनाउन मदरसा शिक्षा विधेयक ल्याईएको भन्दै मुख्यमन्त्री राउनको राजिनामा माग गरिन । त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए।

विश्वका अधिकांश देशमा मदरसा शिक्षामाथि प्रतिबन्ध लागिरहेका वेला अधिकाश हिन्दु भएको देशमा ‘मदरसा शिक्षा बिधयेक’ ल्याई प्रदेश २ लाई नै अफ्गानिस्तान वनाउन खोजेको वक्ताहरुले आरोप लगाएका छन् ।

२०७५ सालमा मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।

विशेष