चीनद्वारा सिन्जियाङका उइगर व्यवसायीहरुलाई नजरबन्दमा राखियो
सिन्जियाङ । चीनको एक प्रमुख ष्ल मा आर्थिक विकासको हिस्सा मानिएको सिन्जियाङ क्षेत्रका व्यवसायीहरुलाई नजरबन्दमा राखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । सन् २०१८ को गर्मी मौसममा एक उइघुर व्यापारी, सादिर अली उच्च आत्मबलका साथ अघि बढिरहेका थिए । उनको व्यवसाय नाफामा गइरहेको थियो ।
उनले अमेरिकाको मासाचुसेट्समा छोरीका लागि घर खरिद गर्ने योजना बनाएका थिए । उनी अमेरिका प्रस्थान गर्नुअघि नै उनलाई पृथकवादी भएको आरोप लगाइयो । अलीलाई नियन्त्रणमा लिएर उत्तर पश्चिमी सिन्जियाङ क्षेत्रमा चीनको जेल प्रणाली को ब्ल्याक बक्समा नजरबन्दमा राखियो ।
उनलाई नजरबन्दमा राखेपछि उनको व्यापार चौपट भयो । उनकी श्रीमती मारिया मोहम्मदले आफ्नो श्रीमान कुनै राजनीतिमा संलग्न नभएको बताइन् । तर, पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई नियन्त्रणमा लिएर नजरबन्दमा राखिएको थियो ।
मारियाका अनुसार अलि एक धनी व्यापारी भएके र समाजमा प्रभाव पार्नसक्ने भएकोले उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताउँछन् । उनलाई हालसम्म रिहा गरिएको छैन । सिनजियांग सरकारले यसबारे कुनै टिप्पणी दिन चाहेन ।
चीन सरकारले अल्पसंख्यक उइगर समुदायका व्यापारीहरुलाई नियन्त्रणमा लिने र अघि बढ्न नदिने प्रणालीलाई थप कडा बनाउँदै लगेका छन् । चीनले जातीय र सांस्कृतिक सफाया अन्तर्गत उइगर समुदामाथिको ज्यादती र मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ ।
अलिजस्तै अन्य व्यापारीहरुलाई पनि चिनियाँ अधिकारीहरुले निशाना बनाएका छन् । व्यापारीहरु उइगर नागरिकको पुल बन्न सक्ने र सरकारको ज्यादतीविरुद्ध विद्रोह गर्नसक्ने भन्दै उनीहरुलाई नियन्त्रणमा लिने काम गरेको आरोप लागेको हो ।
चीनले सिन्जियाङको हिरासत शिविरमा १० लाखभन्दा बढी उइगर समुदायका मानिसहरुलाई राखेर यातना दिने, जबरजस्ती श्रममा लगाउने, बाझोपन गराउने, बलात्कार गर्नेलगायतका गतिविधिहरु गरिरहेका छन् । अमेरिका, क्यानडालगायतका मुलुकहरुले चीनले नरसंहार गरिरहेको र यसलाई रोक्नुपने आवाज उठाइरहेका छन् ।