News राजनीति

माधवलाई मध्यमार्गी बाहुनक्षेत्री नेताको घात, तेस्रो बरियताका जनजाती नेताको दह्रो साथ !

माधवलाई मध्यमार्गी बाहुनक्षेत्री नेताको घात, तेस्रो बरियताका जनजाती नेताको दह्रो साथ !

दुई नेताका विचमा देखिएको पावर शेयरिङ्गको विवादले अन्ततः नेकपा एमालेनै दुई फ्याक भयो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको झगडाले सिङ्गो पार्टीलाई नै पिरोल्यो । 

दुई नेताको विवाद विस्तारै दोस्रो र तेस्रो पुस्तका नेतामा पनि देखियो। केहि नेता घर झगडा मिलाउनु पर्छ भनेर लागे भने अधिकांश नेताले आआफनो पक्षका नेतालाई वोक्ने काम गरे । नेताहरुलाई वोक्ने क्रममा खास गरी शुरुमा आगो बनेर दन्किएका नेता हुन– भीम रावल ।

पार्टीमा कोही वोल्न नसकेको त्यस अवस्थामा रावल मात्र एक नेता थियो, जस्ले ओलीलाई थर्काउने काम गरे । एमसीसी सम्झौता देखि ‘रअ’ का प्रमुखलाई राती राती भेटेको विषयमा रावलले ओलीको उछित्तो काढे । 

एमाले अध्यक्ष केपी शर्मा ओली कुमाई बाहुन हुन भने नेता माधवकुमार नेपाल उपाध्याय बाहुन । दुई बाहुन नेताको टकरावमा क्षेत्री भीम रावल योद्धा बनेर निस्किए। ओली बिरुद्ध चुइँक्क बोल्न नसकिने माहोलमा रावल छाती पिटेर आलोचना गर्थे । सुदुरपश्चिमका रावलले सुदुरपूर्वका ओलीको उछित्तो यसरी काढ्थे की, केपी ओलीको केही काम छैन ।

अहिले उनै रावल बालकोटमा ओलीको छाहारीमा थकाइ मार्न पुगेका छन । तर राष्ट्रीय राजनीतिमा कमैले चिनेकी सुदुरपश्चिम कैलालीकी लक्ष्मी चौधरी भने टसमस नभइ माधवको पक्षमा अडिग छिन । न ओलीको उछित्तो काढिन न त माधव नेपाललाई आन्तिममा धोका दिइन ।

संयोग नै भनौ, माधवलाई अन्तिममा पीठ फर्काउने अधिकांश बाहुन–क्षेत्री नेता छन भने साथ दिने जनजाती। रामकुमारी थारुको चर्चा नभएपनि रामकुमारी झाँक्री बिम्ब बनेर उदाएकी छिन । मेटमणी चौधरी, किशान श्रेस्ठ, प्रेम आले, राजेन्द्र राईहरुको साथ लिएर माधवकुमार नेपालले घनश्याम भुसालहरुको घात पुर्ने प्रयास गरेका छन ।

माधब नेपाललाई मुकुन्द न्यौपाने, वेदुराम, जगन्नाथ खतीवडा, बिरोध खतीवडा, राजेन्द्र पाण्डे लगायत बाहुन–क्षेत्री नेताको साथ नभएको होईन, तर जनजाती नेताको साथ तुलनात्मक रूपमा उल्लेख्य देखिएको छ ।

नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल भीम रावल पावर शेयरिङ्ग बाहुनक्षेत्री नेता

विशेष