News

पौडेल पक्षका जिल्ला सभापतिले कांग्रेस कार्यालयमा सुरु गरे धर्ना

पौडेल पक्षका जिल्ला सभापतिले कांग्रेस कार्यालयमा सुरु गरे धर्ना

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु नेपाली कांग्रेसको कार्यालमा धर्ना वसेका छन् ।

सूची सार्वजनिक गर्ने समयावधी भदौ ७ गतेसम्म रहेपनि त्यो काम नगरिएको भन्दै उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

मंगलवार सांकेतिक रुपमा एक घण्टा धर्ना वसिएको जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले वताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए ।

क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ।
 

विशेष