News राजनीति

माधव नेपाल १० महिनापछि यसरी वन्दैछन् प्रधानमन्त्री

माधव नेपाल १० महिनापछि यसरी वन्दैछन् प्रधानमन्त्री

नेकपा एमाले फुटाएर नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि आगामी दिनमा सरकार कसरी सञ्चालन होला भन्ने विषय पनि चर्चामा आएको छ ।

एमालेमै रहेका वेला जोखिम मोलेर प्रतिनिधि सभा जोगाउन भुमिका खेलेका माधवकुमार नेपाल अवको सम्भावित प्रधानमन्त्रीका रुपमा चर्चामा छन् । आफु पक्षमा रहेका स्थायी कमिटी सदस्य समेतले साथ नदिदा पनि एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी) दर्ताका लागि अघि सर्नुले पनि उनमा देखिएको प्रधानमन्त्रीको मोह स्पष्ट देखिएको जानकारहरु वताउँछन् ।

केपी शर्मा ओलीलाई साथ र सहयोग गर्दै रहे पुर्ण कार्यकाल प्रधानमन्त्री वन्न नपाईने र आगामी निर्वाचनमा पनि एमालेकै सरकार वन्ने ग्यारेन्टी नभएको तथा एमालले वहुमत ल्याएपनि आफु नै प्रधानमन्त्री वन्ने सम्भावना नभएकैले नेता नेपालले पार्टी फुटाउने रणनीति वनाएको राजनीतिक वृत्तमा चर्चा छ ।

पार्टी फुटाई सकेपछि अव करिव एक वर्ष चल्ने प्रतिनिधि सभा जोगाउन उनले गरेको त्यागका कारण पनि नेता नेपाल प्रधानमन्त्री वन्ने सम्भवना छ । राजनीतिका जानकारहरुका अनुसार आफूले रिस्क मोलेर जोगाएको प्रतिनिधिसभाको आगामी निर्वाचन माधवकुमार नेपालको हातबाट सम्पन्न हुने सम्भावना छ।

फागुन–चैतमा सम्पन्न हुने स्थानीय तहको निर्वाचन देउवा सरकारले गराउने र करिव डेढ वर्षपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा हुने सम्भावना रहेको उनीहरु वताउँछन।

माधवकुमार नेपाल प्रधानमन्त्री वनेर उनकै सरकारले चुनाव गराउने अवस्था आए त्यसको फाईदा भने नेपाली काँग्रेस र माओवादी केन्द्रलाई पुग्ने छ। त्यसमा नयाँ पार्टीका रुपमा नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभा र प्रदेश सभामा आफनो उपस्थिती देखाउने अवसर पनि पाउने छ । 

माधव–झलनाथ समूहले ललितपुरमा चैत ४–५ गते आयोजना गरेको राष्ट्रिय भेलाको अवस्था हेर्दा नेकपा एमालेलाई ठुलै धक्का लाग्ने अवस्था थियो । तर, पार्टी फुटको अवस्थामा आई पुग्दा भने त्यो अवस्था रहेन। नेपाल खनाल पक्षमै रहका कतिपय नेताले उनको साथ छोडेको अवस्था छ। 

यस विचमा केपी ओलीले माधव नेपाललाई गाली गर्ने र एमालेमा देखिएको पछिल्लो उतारचढाव उनकै कारण भएको हो भन्ने प्रचार सुरु भयो । माधवलाई खुइल्याउनका निम्ति माओवादीसँग मिल्छ भन्ने हिसाबले प्रचार गरेर कार्यकर्तालाई दूरीमा राखियो। पार्टी एकता कार्यदल र त्यसले ल्याएको १० बुँदेका कारण पनि नेपाललाई सानो तिनो घाटा नै भयो । कार्यदल बनाउँदै, ब्युँताउँदै, निस्क्रिय बनाउँदै जाने कुराले न एकता भयो, न विभाजन नै उचित तवरले भयो ।

एमालेमा न एकता, न विभाजनको अलमलले प्रतिनिधिसभा फेरि विघटन हुने, कठिन मेहनतका साथ बनेको देउवा सरकार ढल्ने खतरा आइलागेपछि प्रचण्ड, देउवा, उपेन्द्रले बरु माधवकै नेतृत्वमा सत्ता निर्माण गर्न पाए हुने भनेर गम्भीर समिक्षा गरेको स्रोतले जनाएको छ। विकसित परिस्थितिको विश्लेषणपछि चुनावअगाडि माधवलाई नै प्रधानमन्त्री बनाएर जान सकिन्छ भन्ने कुरामा नेताहरु सहमत भएको पनि स्रोतको दावी छ ।

संघीय संसदको चुनाव हुनका लागि अब १६ महिना बाँकी छ । थोरैमा पनि १० महिनापछि (आगामी जेठमा) माधव प्रधानमन्त्री बने भने त्यो सरकारले ०७९ मंसिरमै चुनाव नगर्न पनि पाउँछ । त्यसैले त्यो सरकार अर्को एक वर्ष टिक्ने सम्भावना रहन्छ । 

माधवकुमार नेपाल

विशेष