प्रदेशका मन्त्रीमा गाडि र मोवाईल किन्ने होडवाजी

प्रदेश २ सरकार जनताको जिवन सुधार गर्नेतर्फ भन्दा पनि लोकप्रिय नारा र ब्यक्तिगत फाईदा तथा सुख सयलमा रमाएको आरोप नयाँ होईन। प्रायः सवै मन्त्रीहरु नाफा/घाटामा केन्द्रीत रहेको आरोप लाग्दै आएको छ।
हुँदा हुँदा हालसालै एक जना मन्त्रीले १ महिनामै १४ सय लिटर डिजल सिद्याको चर्चा समेत सुरु भएको छ। मन्त्रीको नाम सार्वजनिक नभएपनि पुर्वसिचाई मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले त्यसको जानकारी फेसवुक मार्फत गराएका छन् । उनको संकेत माआवादीवाट मन्त्री वनेकाहरुतर्फ नै छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा रहेका तत्कालिन राजपा पक्षका मन्त्रीलाई हटाएर माओवादी केन्द्रका भरतप्रसाद साहलाई मन्त्री र रुवी कर्णलाई राज्य मन्त्री वनाईएको छ । पुर्वमन्त्री यादवको फेसवुक स्ट्याटरले यीनै दुईजना तर्फ संकेत गरेको छ। उनले लेखेका छन्– ‘प्रदेश – २ को एउटा नव नियुक्त मन्त्री ले १४०० लिटर डिजल एक महिनामा खपत गरेको सुन्नमा आएको छ। गाडीमा चडने मन्त्री सहित सबै मिलेर डिजल पिउछन कि क्या हो?’
यति मात्रै होईन, मन्त्री साह तथा राज्यमन्त्री कर्णले मन्त्रालयमा आठ वटा गाडी हुँदाहुँदै थप गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग ३ करोडभन्दा बढी रकम माग गरेको पाईएको छ। सरकारमा नहुँदा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरू विलासितामा केन्द्रित रहेको भन्दै आलोचना गर्नेहरू सरकारमा जाने वित्तिकै थप गाडी खरिद गर्न खोजेको भन्दै उनीहरुको आलोचना भईरहेको छ।
मन्त्रालयका एक कर्मचारीका अनुसार साह र कर्णले गाडी खरिद गर्न ३ करोड ७ लाख रुपैयाँ माग गरेका छन् । यस वाहेक मन्त्री साहले मोवाईल खरिदका लागि २ लाख ५० हजार रुपैयाँ छुट्टै माग गरेका छन् ।
मन्त्री साह र राज्यमन्त्री कर्णले हाल सफारी र सचिव वीरेन्द्र यादवले टोयटाको रश गाडी प्रयोग गर्दै आएका छन्। निवर्तमान राज्यमन्त्री सरोज कुशवाहाले प्रयोग गर्दै आएको ह्युण्डायको भेनु गाडी मन्त्रालयलाई फिर्ता गरिएको छैन। यस वाहेक मन्त्रालयसँग एउटा स्कोर्पियो, एउटा टाटा सुमो र २ वटा पिकअप गाडी गरी कुल ८ वटा गाडी छन्। तर, मन्त्री र राज्य मन्त्रीले अझै गाडि थप्न खोजेको विषयमा असन्तुष्टिहरु सुनिन थालेका छन् ।
प्रदेश २ उमेशकुमार यादव भरतप्रसाद साह रुवी कर्ण १४ सय लिटर डिजल