News अपराध सुरक्षा

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो ।

विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार शुक्रबारदेखि हराएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पु¥याएको छ । 

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उनले भने– “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पु¥याउने बताएका छन् । रासस

विशेष