News अपराध सुरक्षा

दोहोरो नागरिकताको आरोपमा पक्राउ

दोहोरो नागरिकताको आरोपमा पक्राउ

दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल छन् । 

नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए।

जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।

उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ । रासस

नागरिकता

विशेष