News विदेश

पाकिस्तानमा भएको आत्मघाती बम हमलामा दुई जनाको मृत्यु, चिनियाँ नागरिक घाइते 

पाकिस्तानमा भएको आत्मघाती बम हमलामा दुई जनाको मृत्यु, चिनियाँ नागरिक घाइते 

बेइजिङ । पाकिस्तानमा एक आत्मघाती बम हमलामा दुई जनाको मृत्यु भएको छ भने चिनियाँ नागरिक घाइते भएका छन् । पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र बुलचिस्तान प्रान्तमा शुक्रबार भएको आत्मघाती बम हमलामा दुई बालबालिका मृत्यु भएको छ भने एक चिनियाँसहित तीन जना घाइते भएका हुन् । 

पछिल्लो एक महिनामा बलुचिस्तान प्रान्तमा भएको यो दोस्रो घटना हो । उक्त घटना बलुचिस्तानको बलुच वार्ड क्षेत्रको ग्वादरमा भएको हो । एक सरकारी अधिकारीका अनुसार चिनियाँ कामदारहरुको बाक्लो उपस्थिति रहेको उक्त क्षेत्रमा भएको यस घटनाले रणनीतिक अर्थ राख्ने बताएका छन् । 

यसअघि चीन पाकिस्तान आर्थिक करिडोरमा भएको एक विस्फोटमा करिब एक दर्जन चिनियाँ नागरिकहरु मारिएका थिए । पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिकहरुलाई निशाना बनाएर विस्फोटका घटनाहरु भइरहेका छन् । 

यसअघि चीनले पाकिस्तानलाई चिनियाँ नागरिक लक्षित विस्फोटका घटनाको सत्यतथ्य छानबिन गरि जानकारी गराउन र दोषीलाई कारबाही गर्न चेतावनी दिएको थियो । उक्त घटना लगत्तै चिनियाँ विदेशमन्त्री मोहम्मद कुरेशी चीन पुगेर माफी मागेका थिए । 

शुक्रबार भएको आत्मघाती विस्फोटको पनि अनुसन्धान भइरहेको काउन्टर टेरोरिजम् डिपार्टमेन्टले जनाएको छ । घटनामा घाइते भएका चिनियाँ नागरिकसहित तीनै जनालाई स्थानीय अस्पतालमा लगिएका छ । 

विशेष