News

प्राध्यापक, शिक्षक र कर्मचारीले राजनीति गर्न नपाउने !

प्राध्यापक, शिक्षक र कर्मचारीले राजनीति गर्न नपाउने !

नेकपा (एकीकृत समाजवादी)ले प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिमा रोक लगाउने भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको यो पार्टीले उनीहरुलाई सदस्य नै नबनाउने ब्यवस्था गरेको छ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तावित अन्तरिम विधानमा साधारण र संगठित दुई प्रकारका सदस्यको व्यवस्था गर्दै प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने व्यवस्था राखिएको छ।
 
साधारण सदस्य हुनका लागि ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको’ हुनु पर्ने ब्यवस्था छ।

प्रस्तावित विधानमा नैतिक पतन नभएको १८ वर्ष पुगेका नेपाली नागरिकलाई सदस्य बनाउने व्यवस्था गरेको छ। विधानमा साधारण सदस्य हुनका लागि ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा कैदको सजाय नपाएको’ हुनुपर्ने उल्लेख छ।

एकिकृत समाजवादीले स्थानीय स्तरमा १६ वटा कमिटीको अवधारणा ल्याइएको छ। वडा कमिटीभन्दा अघि प्रारम्भिक परिषद् र प्रारम्भीक कमिटी समेत बनाउने भएको छ। प्रारम्भिक कमिटी बढीमा १५ सदस्य हुने व्यवस्था छ।

नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान

नेकपा (एकीकृत समाजवादी) प्राध्यापक, शिक्षक र कर्मचारी राजनीतिमा रोक

विशेष