News अपराध सुरक्षा

वलात्कारको आरोप लागेका इन्जिनियर कारागार चलान

वलात्कारको आरोप लागेका इन्जिनियर कारागार चलान

विवाह गर्ने प्रलोभन देखाएर २४ वर्षिया किशोरीलाई वलात्कार गरेको आरोपमा सप्तरीका एक इन्जिनियर कारागार पुगेका छन् ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ घर भई पर्साको वीरगञ्ज महानगरपालिकामा इन्जिनियर पदमा कार्यरत २५ वर्षीय राकेशकुमार चौधरीलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको हो ।

जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले चौधरीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्न आदेश दिएको अदालत प्रशासनले जनाएको छ । 

चौधरीले ०७८ वैशाख २ गते किशोरीलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको महुली चोकमा भेट्न बोलाई सोही गाउँपालिकाको वडा नम्बर १ सखुवा तिनमुखेस्थित जङ्गलमा लगेर बलात्कार गरेको जनाईएको छ । यो वाहेक विवाहको आश्वासन दिएर उनले पटक पटक वलात्कार गरेको पीडितले वताएकी छिन् । 

वलात्कारपछि गर्भ वसेपछि आर्शीवाद हेल्थ केयरमा लगेर गर्भपतन गराएको पनि उनले जनाएकी छिन् । आफुले विवाहको लागि आग्रह गर्दा पछिल्लो पटक वैशाख २ गते भेटन बोलाई बलात्कार गरेको उनको भनाई छ।

यस विषयमा गाउँमा पञ्चायती समेत वसेको थियो । तर, कुरा नमिलेपछि पीडितले प्रहरीमा उजुरी दिएको र सोहि उजुरीमा आधारमा चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा साउन १५ गते उजुरी दर्ता भएपछि सोही दिन आरोपितलाई पक्राउ गरिएको थियो । चौधरीले भने बिदामा घर आउँदा भेट भएका बेला पीडितले बिहे गर्न दिएको दवाव अस्विकार गर्दा झुठा आरोप लगाएको बताएका छन्।

वलात्कार सप्तरी जिल्ला अदालत

विशेष