माधव नेपालले गरे पुष्पलालसँग आफनै तुलना
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफुलाई पुस्पलाल श्रेष्ठसँग तुलना गर्दै एमालेमा विद्रोह गरेर नयाँ पार्टी वनाएको दावी गरेका छन् ।
नयाँ पार्टी खोलेपछि पहिलो पटक पत्रकार सम्मेलनका क्रममा बिहीबार काठमाडौंमा उनले यस्तो वताएका हुन । ‘पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो। पुष्पलालले विद्रोह गरेको पार्टीमा हामी धेरै थियौं। हामीले पनि विद्रोह गरेर नयाँ पार्टी बनाएका थियौँ’ उनले भने–‘त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए।’
नेपालको शाहवंशीय राजतन्त्र ढाल्न नसकिने बताउनेहरु नै अहिले नयाँ पार्टी चल्दैन भनेर हिँडिरहेको पनि बताए। ‘यस्ता चुनौती पटक–पटक सामना गरेका छौँ। बाधा अवरोध पन्छाएका छौं । अहिले पनि त्यस्तै अवरोध छ’, नेपालले भने, ‘नेपालको राजतन्त्र ढाल्न सकिँदैन भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन्।’
तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्दा पनि विद्रोह गरेर अघि बढेको बताए।
एमालेबाट विद्रोह गर्दा आफू पक्षका नेताहरुले धोका दिएको बताएका छन् । ०७७ सालदेखि पार्टीमा विद्रोह गर्दै आएपनि निर्णायक समयमा आफू पक्षका नेताहरुले साथ छाडेको उनले बताए ।
सरकारले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि नयाँ दल दर्ता गर्दा ९औं महाधिवेशनबाट अध्यक्ष नेपाललाई साथ दिदै आएका अधिकांश नेताहरुले धोका दिएर एमालेमा लागेका थिए ।
‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो । हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन् । थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन् । हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ’– उनले भने।
नेकपा (एकीकृत समाजवादी) गठन भएपछि नेकपा (एमाले)को सम्पत्ति के हुन्छ भन्ने प्रश्नमा नेपालले कानुनानुसार जे हुन्छ, त्यही गरौँला भने । “नेकपा एमालेको सम्पत्ति के हुन्छ भन्ने कुरा कानुनले जे भन्छ, त्यही हुन्छ,” उनले भने, “मेरो काम निर्माण गर्ने हो । अरुको काम ध्वंश गर्ने हो । हेरौँ, सम्पत्ति आयो भने ठिकै छ । नआए सिर्जना गरौँला । यसै पनि त्यो धेरैजसो सम्पत्ति मेरै पालामा धेरै जोडिएको हो ।”
नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपाल