News

प्रधानमन्त्रीवाट गलहत्याईएपछि वालकोटमा नाचेर दिन विताउँदै ओली !

प्रधानमन्त्रीवाट गलहत्याईएपछि वालकोटमा नाचेर दिन विताउँदै ओली !

प्रधानमन्त्री हुँदा जनताको लागि ‘चौविसै घण्टा काम गरेर नथाक्ने’ भन्दै प्रचार गराएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिवेला फुर्सदिला छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीवाट गलहत्याएपछि वालुवाटारवाट वालकोट सरेका उनी फुर्सदको जिवन विताईरहेका छन् । तर, सरकारवाट हट्नु परेको पीडा र नेता माधवकुमार नेपालको विद्रोका कारण उनलाई तनाव छ। नेता नेपालले पार्टी फुटाएर नेकपा (एकिकृत समाजवादी) दर्ता गरेपछि ओली तीन भाउन्न भएका छन् । तर, त्यो पीडा उनले वाहिर भने आउन दिएका छैनन् ।

हुन त आफु कसैले दिएको चिन्ता वोकेर नहिड्ने वताउँछन् उनी। बुधबारै दिउँसो तुल्सीलाल प्रतिष्ठानमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘पार्टी फुटेको छ, यस्तो बेलामा तपाईलाई राम्रोसँग निद्रा लाग्छ ?’ भनेर सोधिएको प्रश्नमा ओलीले भनेका थिए– ‘निद्रा लागेन भने त मान्छे बहुलाइहाल्छ नि ! अरुले बाटो बिराउँछ, मलाई निद्रा नलाग्ने ? जसले बाटो बिराउँछ, उसलाई निद्रा नलाग्नुपर्ने ठाउँमा ऊ रिसोर्टमा गएर घुरेर सुत्ने, अनि म सही बाटोमा जाऊँ भन्ने ननिदाएर बस्ने हुन्छ ?’

‘अवश्य म मानवीय संवेदना भएको मान्छे हुँ, संवेदनशीलता छ । तर, म अनुकुल स्थिति हुँदा हौसिने र प्रतिकुल स्थिति हुँदा फेरि निराश हुने होइन । मैले जति खाना खाने हो, त्यति रुच्छ । कसैले मेरो निद हराम गरें, चिन्तामा पारिदिएँ भन्ठान्छ भने त्यो भ्रम हो’ उनी भन्छन्–‘कसैले दिएको चिन्ता म बोकेर हिँड्दिनँ । कसैले दिएको पीडा म बोकेर हिँड्दिनँ । कसैले दिएको चिन्ताग्रस्त भएर त्यो बोकेर म हिँड्दिनँ । त्यसकारण म निदाएर, खाएर कामलाई अघि बढाउँछु । म पुर्पुरोमा हात लगाएर बस्ने होइन, फेरि अगाडि बढ्ने मान्छे हुँ ।’

वोलीमा मात्र होईन, ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् । नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्मदिन मनाए । यसक्रममा उनी ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे पनि।

तुल्सीलाल प्रतिष्ठानमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन सकिएपछि दिउँसो बालकोटमा आफ्ना सीमित कार्यकर्तासँग नाचेर उनले पत्नी राधिका शाक्यको जन्म दिन मनाएका हुन् । पत्निको जन्मदिनमा उनले नाचेको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। 

केपी शर्मा ओली राधिका शाक्य जन्मदिन

विशेष