News

मुख्यमन्त्रीका रुपमा शेरधनका साढे तीन वर्षः दौडिनु पर्थ्यो, सकिएन

मुख्यमन्त्रीका रुपमा शेरधनका साढे तीन वर्षः दौडिनु पर्थ्यो, सकिएन

करिव साढे तीन वर्ष प्रदेश १ को मुख्यमन्त्री वनेका एमाले नेता शेरधन राईले विहिवार पदबाट राजीनामा दिए। उनकै प्रस्तावमा नेकपा एमाले संसदीय दलका नेता तथा एमालेका केन्द्रिय कमिटी सचिव भीम आचार्य मुख्यमन्त्री भएका छन् ।

नेता राई सात प्रदेश मध्ये आशालाग्दा मुख्यमन्त्री थिए । केन्द्रीय सरकारका सञ्चारमन्त्री तथा प्रवक्ता हुदा उनले गरेका केही महत्वपुर्ण कामले पनि उनी प्रति प्रदेश १ का जनताको अपेक्षा चुलिएको थियो । उनले मुख्यमन्त्री भएपछि प्रदेश १ लाई अन्य प्रदेशको तुलनामा समृद्ध वनाउने घोषणा पनि गरेका थिए । तर, मुख्यमन्त्रीवाट विदा लिदै गर्दा उनले आफनो कार्यकालमा गरेका उल्लेखनिय काम केही देखाउन सकेनन् ।

उनको कार्यकालमा प्रदेशको राजधानी विराटनगरमा राख्न सहमति जुटेको छ । नामकरण भने अझै हुन सकेको छैन । यस अवधिमा प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना सार्वजनिक भएको छ भने मनमोहन विश्वविद्यालय स्थापना र स्विट्जरल्यान्ड सरकारबाट एक अर्बको सहयोग जुटाउन सक्नु उनको उल्लेखनिय काम हुन।

संघीयता कार्यान्वयनका साथै जनतामा आशा र विश्वास जगाउनु आफनो मुख्य उपलब्धि ठान्छन राई । यस वाहेक उनले गरेका अन्य कुनै काम उल्लेख गर्न योग्य रहेनन् । उनले आफुले चाहे अनुरुप काम गर्न नसकेको भन्दै आफ्नै कमजोरी स्वीकारे पनि। राईले भने, ‘दौडिनु पर्थ्यो, सकिएन। चाहँदा चाहँदै गर्न सकिएन।’ राईले नयाँ मुख्यमन्त्री बनेका भीम आचार्यको कार्यकालमा प्रदेश सरकारको ‘स्वच्छ, सुखी र समृद्ध प्रदेश’ को नारामा आधारित भएर काम हुनेमा विश्वास व्यक्त गरेका छन् ।

विपक्षी दलका नेताहरुले भने राईले आफु कुद्ने वाहेक केही नगरेको वताउँछन् । ‘उहाँ धेरै हिँड्नु भो। तर किन हिँड्नु भो थाहा पाउन सकिएन । उहाँको हिडाईले प्रदेशलाई चाही कही पुर्याएन।’

उनकै पार्टीका कार्यकताले समेत प्रदेश सरकारको प्रमुख उपलब्धि के हो भनेर जिज्ञासा राख्दा स्पष्ट जवाफ दिन सकिरहेका छैनन् । राईको साढे तीन वर्षे कार्यकाल उपलब्धि विहिन भएको कतिपय सांसदहरुको भनाई छ। 

यो पनि

भाईको अन्तिम संस्कार छोडेर मुख्यमन्त्रीको शपथमा भिम आचार्य

भिम आचार्य प्रदेश १ को मुख्यमन्त्री, आजै शपथ

शेरधन राई

विशेष