News विदेश राजनीति

तालिबानी शासनविरुद्ध आवाज उठाउन इस्लामिक राष्ट्रहरुलाई अफगान इन्स्टिच्युटका प्रमुखको आग्रह 

तालिबानी शासनविरुद्ध आवाज उठाउन इस्लामिक राष्ट्रहरुलाई अफगान इन्स्टिच्युटका प्रमुखको आग्रह 

न्यूयोर्क । तालिबानी समूहले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि अफगानिस्तानको शान्ति कायम गर्न विश्वभरबाट माग भइरहेका छ । एक प्रख्यात अफगानिस्तान इन्स्टिच्युटका प्रमुखले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सत्रमा तालिबानले अफगानिस्तानको कब्जा लिएकोप्रति आक्रोश व्यक्त गर्दै तालिबानी समूहलाई निष्क्रिय बनाउन इस्लामिक राष्ट्रहरुलाई आग्रह गरेका छन् । 

"अफसोसको कुरा इस्लामिक विश्व एक निष्क्रिय पर्यवेक्षक बनेको छ, धार्मिक संस्थाहरुको बौद्धिक र राजनीतिक स्थिरता इस्लामी दुनियाँमा चरमपन्थीको उदयमा ठूलो योगदान छ," दाउद मोराडियनले भने । 

अमेरिकामा भएको भयानक बमह हमला ९ ११ को २० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा तालिबानले काबुल कब्जा गर्नुलाई ऐतिहासिक रुपमा स्मरण गरिनेसमेत उनले बताएका छन् । मोराडियनका अनुसार उडिरहेको बिमानबाट खसेका यात्रुहरुमध्ये एक अफगान राष्ट्रिय फुटबल टिमका खेलाडी थिए ।

यसअघि तालिबानी समूहले काबुलमा नियन्त्रण कायम गरेपछि अफगानिस्तानबाट भाग्नेक्रममा तीन जना विमानको पांग्रामा झण्डियर भाग्न खाजेको थिए । तर, विमान उडेलगत्तै आकाशबाट भूइँमा पछारिए । यस्तो भयनाक तस्बिरले अफगानिस्तानको अवस्थाबारे जान्न सकिने उनले बताएका छन् । 

तालिबानी समूहले काबुलमा कब्जा गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छोडेका थिए । राष्ट्रपति घानीले देश छोडेपछि तालिबानी समूहले अफगानिस्तानमा नियन्त्रण कायम गरेको घोषणा गरेका थिए । अफगानिस्तानमा नियन्त्रण कायम गरेको घोषणापछि अफगानिस्तानका नागरिकहरुले पनि देश छोड्न चाहेका थिए । 

तालिबान नेताहरु भावी सरकारको योजनाहरुमा छलफल गरीरहेका छन् भने केही मन्त्रीहरुको पनि टुंगो लगाएको छ । तर, सुरक्षा परिषद्को बैठकमा भने तालिबानी सरकारलाई कुनै पनि अवस्थामा द्विपक्षीय सम्बन्धको रुपमा स्वीकार गर्न नसकिने विभिन्न राष्ट्रहरुले बताएका छन् । 

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार बिहान अफगानिस्तानको बारेमा भारतीय राष्ट्रपतिको अध्यक्षतामा एक बैठक आयोजना गरी सबै दुश्मनीहरु तत्काल अन्त्य गर्न र अफगानिस्तानमा एकता, समावेशी र प्रतिनिधिमूलक नयाँ सरकारको स्थापना गर्न आग्रह गरेको छ।

एक प्रेस वक्तव्यमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का अध्यक्ष टीएस तिरुमुर्तीले सुरक्षा परिषद्का सदस्यहरुले अफगानिस्तानमा हिंसाको तत्काल अन्त्य, सुरक्षा, नागरिक र संवैधानिक व्यवस्थाको बहालीको माग गरेको बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले देशमा वर्तमान अख्तियारको संकट समाधान गर्न र अफगानिस्तानको नेतृत्वमा रहेको अफगानिस्तानको स्वामित्वमा रहेको राष्ट्रिय मेलमिलापको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि तत्काल वार्ता गर्न आग्रह गरेका छन् । 

विशेष