News राजनीति

विनालाई सुदुरपश्चिमको अध्यक्ष बनाउन प्रचण्डले राखे पद रिक्त !

विनालाई सुदुरपश्चिमको अध्यक्ष बनाउन प्रचण्डले राखे पद रिक्त !

नेकपा (माओवादी केन्द्र) को ३ भदौमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो।

प्रदेश १ मा राम कार्की इन्चार्ज तथा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङलाई सहइन्चार्ज तोकिएका छ । प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन् । 

प्रदेश २ इन्चार्जमा गणेश साह, सहइन्चार्जमा विश्वनाथ साह र महेन्द्र पासवानलाई तोकिएको छ । प्रदेश अध्यक्ष र सचिव चयन गरिएको छैन। बागमती प्रदेश इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदीलाई जिम्मेवारी दिइएको छ । अध्यक्षमा नारायण दाहाल तोकिँदा सचिव पद खाली राखिएको छ।

गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाउनु भएको छ । सहइन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी तोकिएका छन् ।

लुम्बिनीमा प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, सहइन्चर्जमा कुलप्रसाद केसी र हरिकुल्ला खान चयन भएको छन् । प्रदेशको अध्यक्षमा ओनसरी घर्ती र सचिवामा जगतप्रसाद शर्माले जिम्मेवारी पाएका छन् । 

कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिँदा सहइन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट, सहइन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाएका छन् । अध्यक्ष र सचिव छान्न सकेको छैन।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशका अध्यक्षको जिम्मेवारी कुन नेतालाई दिने भन्ने विषय टुङ्गो नलाग्नुलाई शंकाको नजरले हेरिएको छ । दुवै प्रदेशको अध्यक्ष तोक्ने जिम्मेवारी माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई  दिईपछि नेताहरुको शंका अझ वढेको छ । 

अध्यक्ष प्रचण्डले वुहारी बिनालाई सुदुरपश्चिमको अध्यक्ष बनाऊन उक्त पद खाली राखेको वताईन्छ । तत्कालै बीनालाई अध्यक्ष वनाए पार्टीमा विद्रोहको माहौल वन्न सक्ने भएकाले उक्त पद खालि राखिएको हो । प्रचण्डले वातावरण र अवस्था हेरेर सुदुर पश्चिममा बीनालाई अध्यक्ष वनाउने रणनीति वनाएका छन् ।

प्रदेशका पदाधिकारी र जिल्ला इन्चार्ज तोक्न स्थायी समिति बैठक वस्ने तयारी हुँदादेखिनै विनाले प्रचण्डलाई ब्ल्याकमेल गर्न सुरु गरेको चर्चा चुलिएको थियो । उनले प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि दबाब दिन थालेको विषय चर्चामा थिए ।

उनले प्रचण्डलाई भेट्न आउनेसँग पनि प्रदेश अध्यक्ष बनाउन आफ्ना लागि भूमिका खेलिदिन आग्रह गर्ने गरेकी थिईन । वीनानको दवाव थेग्न नसकेरै अहिलेलाई सुदुर पश्चिममको जिम्मेवारी कसैलाई नदिईएको सुदुर पश्चिमका नेताहरुको वुझाई छ। केही समय पछि उनले विनालाई नै अध्यक्ष तोक्ने एक नेताले वताए । ‘डाडुपन्यू नै आफनो हातमा भएपछि जे गरेपनि र जहिले गरेपनि आफु अनुकुल नै गर्ने हो। त्यसमा शंका पालिरहुन पर्ने कुरै छैन’ उनले भने ।

यो पनि

प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि बिना मगरको दबाब !

बिनाको त्याग र कमजोरीबारे बोले सुदुरपश्चिमका माओबादी नेता !

https://www.nepalaaja.com/2021/5/2021530155810

खानेपानी मन्त्रीवाट राजिनामा दिएपछि कता छिन बिना ?

 

नेकपा (माओवादी केन्द्र) विना मगर पुष्पकमल दाहाल (प्रचण्ड)

विशेष