News

भिम आचार्य प्रदेश १ को मुख्यमन्त्री, आजै शपथ

भिम आचार्य प्रदेश १ को मुख्यमन्त्री, आजै शपथ

नेकपा (एमाले) प्रदेश १ को संसदीय दलको नेतामा एमाले सचिव भीम आचार्य चयन भएका छन् । 

प्रदेशका मुख्यमन्त्री एवं दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्यका लागि बाटो खुलेको हो । विहिवार विराटनगरमा बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

बैठकमा राजीनामा दिँदै राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेका थिए । नेताहरुका अनुसार बैठक सकिएलगत्तै शेरधन एमालेका केही सांसदसहित राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा गएका छन् । 

प्रदेश प्रमुखको कार्यालयले आचार्यलाई नयाँ मुख्यमन्त्रीको शपथ आजै गराउने तयारी गरेको छ । 

भिम आचार्य

विशेष