News

भाईको अन्तिम संस्कार छोडेर मुख्यमन्त्रीको शपथमा भिम आचार्य

भाईको अन्तिम संस्कार छोडेर मुख्यमन्त्रीको शपथमा भिम आचार्य

नेकपा एमालेका सचिव भीम आचार्य विहिवारै मृत्यु भएका आफनो भाईको अन्तिम संस्कार छोडेर मुख्यमन्त्रीको शपथ गर्न पुगेका छन् । 

उनका भाईका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य  बिहीबार बिहान इनवरुवा नगरपालिका– ३ स्थित आफनै घरमा मृत भेटिएका थिए ।

बिहीबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले प्रहरीलाई खबर थिए। त्यसपछि घटनास्थल गएर हेर्दा उनी मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ।

तर, मृतकका दाजु भिम आचार्य उनको अन्तिम संस्कारमा सहभागि हुन पाएनन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएपछि भीम आचार्य मुख्यमन्त्रीको शपथ लिन विराटनगर पुगे ।

बिहीबार बिहानै बसेको प्रदेश–१ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन् । आचार्यलाई वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो ।

उनले आजै कम्तीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न सक्ने छन् । आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन् । 

यो पनि

भिम आचार्य प्रदेश १ को मुख्यमन्त्री, आजै शपथ

भीम आचार्य रामप्रसाद आचार्य

विशेष