News राजनीति

प्रदेश १ मा मन्त्री परिषद विस्तार हुँदै, पुरानालाई पनि निरन्तरता दिने तयारी

प्रदेश १ मा मन्त्री परिषद विस्तार हुँदै, पुरानालाई पनि निरन्तरता दिने तयारी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पुराना दुईसहित ४ जना मन्त्रि थपेर मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् ।

बिहीबार मुख्यमन्त्री पदको सपथ लिइ कार्यभार सम्हालेका आचार्यले आज बेलुकासम्ममा ४ जना मन्त्रीको सपथ गराउने तयारी गरेका जनाईएको छ ।

आचार्यले माधव नेपाल समूह छाडेका ताप्लेजुङका बलबहादुर साम्सोहाङ, तेह्रथुमका लछुमन तिवारी तथा शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री रहेकी खोटाङकी उषाकला राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमा नियुक्त गर्न लागेको स्रोतले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयलले पनि मुख्यमन्त्री कार्यालयले नयाँ मन्त्रीहरूको सपथ गराउने तयारी गर्न भनेको जनाएको छ। 

शेरधन राईले बिहीबार दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएपछि बहुमत प्राप्त दलको नेताको हैसियतमा एमालेका सचिव रहेका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बिहीबार नै मन्त्रिपरिषद् बिस्तार गर्ने भनिए पनि आचार्यका भाइको निधनका कारण त्यसो हुन सकेको थिएन।

यो पनि

भाईको अन्तिम संस्कार छोडेर मुख्यमन्त्रीको शपथमा भिम आचार्य

प्रदेश १ भीम आचार्य मन्त्रीपरिषद् बिस्तार

विशेष