News

शेरधन भन्छन्– मैले गल्ती गरेको छैन, जतिबेला पनि शीर ठाडो पारेर उभिन सक्छु

शेरधन भन्छन्– मैले गल्ती गरेको छैन, जतिबेला पनि शीर ठाडो पारेर उभिन सक्छु

प्रदेश–१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने वताएका छन् ।

विहिवार संसदिय दलको नेता तथा मुख्यमन्त्री पदवाट राजिनामा दिएका राईको कार्यकालमा उल्लेख्य केही काम नभएको आसयहरु ब्यक्त हुन थालेपछि उनले शुक्रवार पत्रकार सम्मेलन गरेर यस्तो वताएका हुन ।

प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा रहेको बताएका राईले भने–‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन। हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’

प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका उनले सरकारले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्ने दावी गरे । ‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला। तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु’– उनले भने ।

आफनो कार्यकालमा प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको राईले वताए । साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको उनले बताए । ‘प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको होईन’ उनले भने–‘यहीँ सरकारले विषेश अधिवेशन बोलाएर नाम टुङ्गो लगाउन सक्छ।’

पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको राईले जानकारी दिए । उनले विहिवार मुख्यमन्त्रीबाट राजीनामा दिएर एमाले सचिव भीम आचार्य मुख्यमन्त्री वनाउने प्रश्ताव राखेका थिए । 

यो पनि

मुख्यमन्त्रीका रुपमा शेरधनका साढे तीन वर्षः दौडिनु पर्थ्यो, सकिएन

शेरधन राई प्रदेश–१

विशेष