News

एकिकृत समाजवादीको ५ सदस्यीय स्थायी कमिटी गठन

एकिकृत समाजवादीको ५ सदस्यीय स्थायी कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमालेमा छँदै स्थायी कमिटीमा रहेका पाँच जनालाई समेटर स्थायी कमिटी बनाएको छ । 

तत्कालका लागि बनाइएको स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसाल छन् । उनीहरु सवै नेकपा एमालेमा हुँदाकै स्थायी कमिटी सदस्य हुन् । 

नेताहरुले राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गरिने बताएका छन् । नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा निर्वाचन आयोगमा दर्ता भई वैधानिकता पाएको छ ।

नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी

विशेष