News

प्रदेश १ मा मन्त्रीपरिषद विस्तार, माधव छोडेकैले पाए अवसर

प्रदेश १ मा मन्त्रीपरिषद विस्तार, माधव छोडेकैले पाए अवसर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विहिवार आफनो मन्त्री परिषदमा दुई जना मन्त्री थपेका छन् । 

एमालेका प्रदेश सभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई आचार्यले मन्त्री बनाएका हुन्। उनीहरु दुवैजना यसअघि माधव नेपालपक्षमा थिए। नेपालले नयाँ पार्टी दर्ता गरेपछि उनीहरुले नेपालको साथ छोडेर एमालेमा वसेका हुन ।

तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ताप्लेजुङका साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। दुवै जनाले शुक्रबार प्रदेश प्रमुख सोमनाथ प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार मात्र मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका आचार्यले विहिवारै मन्त्री परिषद विस्तार गर्ने वताईएको थियो । तर, आचार्यका भाईको विहिवारै निधन भएकाले मन्त्रीपरिषद विस्तारको काम प्रभावित भएको थियो । 

यो पनि

प्रदेश १ मा मन्त्री परिषद विस्तार हुँदै, पुरानालाई पनि निरन्तरता दिने तयारी

प्रदेश १ भीम आचार्य मन्त्रीपरिषद

विशेष