News

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कार्यकक्षमै कालोमोसो दलियो

राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कार्यकक्षमै कालोमोसो दलियो

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहलाई शुक्रबार उनकै कार्यकक्षमा एक समूहले कालोमोसो दलेको छ ।

सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्का लगायतको समुहले मेसु सिंहलाई कार्यकक्षमै पसेर कालोमोसो दलेको प्रहरीले जनाएको छ । मोसो दलेर उनीहरु मोटरसाईकलमा भागेका थिए ।

कल्चर जाँच नभएको विषयमा बिहीबार केहि युवाहरुले अस्पतालमा पुगेर मेसुसँग विवाद गरेका थिए । यो अस्पतालमा कल्चर जाँच छैन भनेपछि उनीहरु आक्रोशित हुँदै निजी अस्पतालमा हुने तर सरकारी अस्पतालमा किन नहुने ? भन्दै विवादमा उत्रिएकोस्वास्थ्यकर्मीहरु वताउँछन् ।

कुनै पनि रोगको पहिचान गर्नका लागि गरिने परीक्षण बिधि नै ‘कल्चर ईन्भष्टिगेशन’ हो। यो अलि उच्च प्रविधिको जाँच हो, यसका लागि छुट्टै जनशक्ति चाहिने भएकाले हालसम्म ब्यवस्था हुन नसकेको एक चिकित्सकले जनाए ।

सोही बिषयलाई लिएर युवाहरुले मेसुमाथि कालो मोसो दलेको जनाईएको छ। अस्पतालले कालो मोसो दल्नेहरुलाई २४ घण्टाभित्रै पक्राउ गरी कारबाही नगरे ईमरजेन्सी बाहेकका सबै उपचार सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ।

प्रहरीले घट्नामा संलग्नको खोजी भईरहेको जनाएको छ।

राप्ती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्ट कालो मोसो

विशेष