एकिकृत समाजवादीले कस्लाई चयन गर्दैछ संसदीय दलको नेता ?
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ। दलको नेता चयन गर्न संसदीय दलको वैठक वोलाईएको छ ।
एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ सांसद छन् । यसैगरी, दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली तथा राष्ट्रियसभाका शारदादेवी भट्ट नेपाल समुहमै छन् ।
दलको नेता चयन भएपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । नेकपा एमालेबाट अलग भएका नेता नेपाल नेतृत्वको एकीकृत समाजवादीले ९ भदौमा नयाँ दलको वैधानिकता पाएको छ ।
एकिकृत समाजवादीले पार्टी दर्ता भएसँगै प्रक्रियागत संरचना तयार गर्दै गएको छ। शुक्रवार ५ सदस्यीय स्थायी कमिटी समेत गठन गरिएको छ।
माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता