News

प्रचण्डकै कार्यकर्ता भन्छन् – यो सरकार भारतबाट संचालित छ

प्रचण्डकै कार्यकर्ता भन्छन् – यो सरकार भारतबाट संचालित छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’  का कार्यकर्ताले नै अहिलेको सरकार भारतवाट सञ्चालित भएको आरोप लगाएका छन् । दार्चुलाको ब्यास नगरपालिका– २ मालघाटमा तुईनवाट खरेर नेपाली युवक वेपत्ता भएको प्रकरणले यो सरकार भारतवाट सञ्चालित भएको पुष्टि हुने माओवादी जनयुद्ध लडेका लेनिन विष्टले आरोप लगाएका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालि दिंदा महाकालीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपु¥ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

यस विषयमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाले १६ साउनमै विज्ञप्ति जारी गरेर घटनाका विषयमा भ्रम फैलाईएको वताए । सोहि विषयमा प्रतिक्रिया ब्यक्त गर्दै प्रचण्डका कार्यकर्ता विष्टले यो सरकार भारतवाट सञ्चालित भएको आरोप लगाएका हुन् । ‘गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको विज्ञप्ति एउटै छ’ उनले दुवै विज्ञप्ति एकै ठाउँमा पोष्ट गरेर लेखेका छन्–‘यो विज्ञप्ति नेपाल सरकारको हो कि भारत सरकारको हो छुट्याउन गा¥हो भो । यो सरकारलाई उतैबाट निर्देशन भएको यो भन्दा बलियो प्रमाण के हुन सक्छ  ? सरकार ती दुर्गमका जनताको पक्षमा कि भारतको पक्षमा ? दुईटै विज्ञप्ति भत्र्सना योग्य छन ।’

लेनिन विष्ट प्रचण्डले नेतृत्व गरेको माओवादीको हिंसात्मक युद्धमा दुरुपयोग गरिएका तीन हजारभन्दा बढी बालसेनामध्ये एक हुन् । बाह्र वर्षको उमेरमै माओवादीको सम्पर्कमा पु¥याइएका विष्ट २०६३ को परिवर्तनलगत्तै आफूहरूलाई उपेक्षा गरिएपछि बाल सैनिकलाई सङ्गठित गरी त्यसको प्रमुख बनेका थिए । उनले निर्माण गरेको संस्थामा माओवादीले दुरुपयोग गरेका २९७३ जना किशोरकिशोरी सङ्गठित भएका थिए ।

यसरी बालसेनालाई सङ्गठित गर्न थालेपछि माओवादीले लेनिनलाई निकै दुःख, कष्ट र सास्ति दिएको थियो । ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित लेनिनको डेरामा आक्रमण गरी लुटपाट गरिएको थियो । सहयात्री नामक व्यक्तिको कमान्डमा भएको आक्रमणमा लेनिन भागेर ज्यान जोगाउन सफल भए। ०६९ सालको वैशाखमा माओवादी कार्यालय (पेरिसडाँडा) घेराउ गर्न जाँदा लेनिनलाई कार्यालयकै ट्वाइलेटमा थुनी बन्दी बनाइएको थियो ।

०६९ सालकै कात्तिकदेखि ५७ दिनसम्म लेनिन विष्टको नेतृत्वमा पेरिसडाँडा (माओवादी कार्यालय) घेराउ गर्ने कार्य भएको थियो ।०६९ माघ १० गते लेनिनलाई झुटा मुद्दा लगाएर काराबास (डिल्लीबजार सदरखोरमा) पठाइएको थियो । अदालतले सफाइ दिएपछि एक वर्षपश्चात् ०७० माघ १० गते लेनिन काराबास मुक्त भएका थिए ।

०७५ चैत ११ गते युरोपियन युनियनको हेडक्वार्टरमा आयोजित बैठकमा भाग लिन जाने क्रममा लेनिनलाई विमानस्थलमै रोक्न प्रयास भएको थियोे । उनलाई बाहिर जान नदिन तत्कालिन गृह मन्त्री रामबहादुर थापाले नै निर्देशन दिएका थिए ।
 

पुस्पकमल दाहाल ‘प्रचण्ड’ लेनिन विष्ट माओवादी जनयुद्ध तुइन

विशेष