News

ओलीका साईवर सेनापतिद्वारा रेल्वे कम्पनीका जिएममाथि सामाजिक सञ्जालमै आक्रमण

ओलीका साईवर सेनापतिद्वारा रेल्वे कम्पनीका जिएममाथि सामाजिक सञ्जालमै आक्रमण

नेपाल रेल्वे कम्पनीका पूर्वमहाप्रवन्धक गुरु भट्टराईले नवनियुक्त जिएम (महाप्रवन्धक) निरन्जन झाले सरकारी गाडि दुरुपयोग गरेको आरोप लगाएका छन् । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) को भातृ संगठन युवासंघका उपाध्यक्षसमेत रहेका झा नियुक्ति पाएको एक हप्तासम्म कार्यालयमा उपस्थित नभएको तर कम्पनी सवारी साधन भने दुरुपयोग गरिरहेको भट्टराईले आक्षेप लगाएका छन् । ‘नेपाल रेल्वेका जिएम कार्यालय जान लउने कपडा नभएर नियुक्ति लिएको एक हप्तासम्म सरकारी गाडी प्रयोग गरी कपडा लिन सप्तरी जानु भएको रे । तर, अस्ति उहाँ सरकारी गाडी प्रयोग गरेर चन्द्रागिरी रिसोर्टमा माधवकुमार नेपालको बैठकमा जानु भएको थियो’ भट्टराईले फेसवुकमा लेखेका छन्–‘उहाँ नियुक्ति लिएदेखी माकुने गुटको बैठकहरुमा सरकारी गाडी दुरुपयोग गरेर काठमान्डौ मै हुनुहुन्छ । झुट र फरेबको पनि सिमा हुन्छ नी।’

उनले अगाडि लेखेका छन्–‘देउवा सरकारले रेल्वे अध्यादेश निष्कृय बनायो, जिएमको कुरै नगरौ, रेल संचालन र मर्मतको जिम्मा लिएको कोंकण रेलवे कम्पनिले रेल संचालन गर्न नेपाल सिरियस छ कि छैन ? भनेर दोस्रो चेतावनी दिएको छ । सन्दर्भ हेर्दा उदघाटन गर्न तयार भएको रेल माधवकुमार नेपालले कवाडीमा लिलाम गर्ने भए । रेल खरिद गरेको वारेन्टी पिरियड आगामी असोजमा अन्त्य हुँदैछ । नेपाली जनताको दुर्भाग्य । जनकपुरवासीको त झन् ठुलो दुर्भाग्य ।’

पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साईवर सेनाका सेनापतिको उपनाम पाएका भट्टराईले माधव पक्षका झा विरुद्ध सामाजिक सञ्चालमै आक्रमण गरेका हुन । 

सरकारले गत भदौ ३ गते विहिवार झालाई नेपाल रेल्वे कम्पनीको महाप्रवन्धकमा नियुक्त गरेको थियो । जनकपुरमा मुख्य कार्यालय र काठमाण्डौंको विसालनगरमा रहेको सम्पर्क कार्यालयमा झा लामो समयसम्म उपस्थित नभएपछि उनको खोजी सुरु भएको छ ।

झाले भने कार्यब्यस्ता र लगातार ३ दिन विदा भएकाले कार्यालयमा उपस्थित हुन ढिलो भएको वताए । शुक्रवार, ४ गते नियुक्ति लिएपछि लगातार ३ दिन विदा परेकाले कार्यालयमा उपस्थित हुन नसकेको उनको भनाई छ ।

गुरु भट्टराई नेपाल रेल्वे कम्पनी निरन्जन झा सरकारी गाडि दुरुपयोग

विशेष