२ वर्ष लकडाउन गरेका ओलीको असली रुपः कोरोना फैलने गरी वर्थडे पार्टी

आफनै पार्टीभित्र रक्षात्मक अवस्थामा पुगेपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाई राख्न अनेक वितण्डा मच्चाए। दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरे भने दल विभाजन गर्ने अध्यादेश र सांसद अपहरण जस्ता कुकृत्य पनि उनकै पालामा भए।
यतिमात्र होईन, आफनो कुर्सी जोगाउन उनले कोरोनाको वहाना दुई वर्षसम्म लकडाउन गरी जनतालाई आफनै घरमा वन्धक वनाए । स्वास्थ्य मापदण्ड पालना र मास्क अनिवार्य गरेका ओलीले पदच्युत गरेपछि भने आफैंले अनिवार्य गरेका मापदण्डको धज्जी उडाउन थालेका छन् ।
१० भदौमा ओलीले स्वास्थ्य मापदण्डको उलंघन गर्दै वालकोट स्थित आफनो निवासमा श्रीमती राधिका शाक्यको जन्मदिन मनाए । कृष्णले राधालाई खुसी बनाउन बासुरी बजाए झै ओलीले श्रीमतीलाई खुसी वनाउन ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे पनि।
नाचगानमा अधिकांशले न मास्क लगाएका थिए, नत सामाजिक दुरी नै कायम गरिएको थियो। जन्मदिन मनाउन भेला भएको भिडमा ओली आफै मास्क खोलेर गोजीमा राख्दै नाच्न अगाडि सरे । यो प्रकारको कार्यक्रमले छिमेकीहरुहरुलाई पिरोलेको छ। ओली पत्नि राधिकाको वर्थडे पार्टीकै कारण कोरोनाले भयावय वनाउने डरले उनीहरु आतंकित छन् ।
यति मात्र होईन, आफु प्रधानमन्त्रीपाट पदच्यूत हुने वित्तिकै पनि ओलीले आफनो सक्कली अनुसार देखाएका थिए । २ बर्षसम्म देशलाई लकडाउनमा राखेका उनले वालुवाटरवाट वालकोटसम्म ‘कोरोना जुलुस’ नै निकाले ।
त्यस क्रममा उनका समर्थकको भिडभाड व्यवस्थापन गर्नु प्रहरीका लागि पनि चुनौति बन्यो। सडक कब्जाको शैलीमा सवारीको लस्कर, मान्छेको त हिसाव गर्नै परेन । ओली वालकोट स्थित आफनो घरको बार्दलीवाट भाषण गरे । समर्थकले घर वरिपरि खचाखच भरिएको थियो ।
वालुवाटरवाट वालकोटसम्म पुग्दा समर्थक मात्र होईन, ओलीसमेतले कोरोनामा बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको उलंघन गरेको सर्वविदितै छ। सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, बिडभाड नगर्ने लगायतका सरकारका उर्दीले ओली र उनका समर्थकलाई छोएन।
अहिले पनि ओलीको यो ब्यवहारमा कुनै परिवर्तन आएको छैन भन्ने कुराको पुष्टी हो–वुधवारको वर्थडे पार्टी । देशका गन्यमान्य ब्यक्तिले नै यसरी स्वास्थ्य मापदण्डको ख्याल नगर्ने हो भने सर्वसाधारणलाई लकडाउन भन्दै घरमा वन्दी वनाउन नपाईने सरोकारवाला निकायका कर्मचारीहरु वताउँछन् ।
यो पनि
प्रधानमन्त्रीवाट गलहत्याईएपछि वालकोटमा नाचेर दिन विताउँदै ओली !
वालुवाटारवाट लुरुलुरु निस्केका ओली वालकोटको वार्दलीमा पुगेर गर्जिए !
नेकपा एमाले केपी शर्मा ओली प्रतिनिधिसभा विघटन सांसद अपहरण लकडाउन राधिका शाक्य वर्थडे पार्टी