News समाज

वाटोमा गाडि फसेपछि विरामीका आफन्तले गाउँपालिका अध्यक्षको कठालो समाए

वाटोमा गाडि फसेपछि विरामीका आफन्तले गाउँपालिका अध्यक्षको कठालो समाए

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठलाई स्थानीयवासीले कठालो समातेर तिरिखिरी पारेका छन् । वाटोघाटो निर्माणमा वेवास्ता गर्दा विरामीले स्टेचरमै ज्यान गुमाउनु पर्ने अवस्था आएको र सरसहयोगकालागि सम्पर्क गर्दा समेत झुठो वोलेर पन्सिने गरेको भन्दै आक्रोसित स्थानीयवासीले उनलाई कठालो समातेर घोक्र्याएका हुन ।

प्रेम लामा नाम गरेर फेसवुक प्रयोगकर्ताले अध्यक्ष श्रेष्ठलाई विरामीका आफन्तले घोक्र्याएको फोटो शेयर गर्दै घट्नाको जानकारी गराएका छन् । ‘यो तस्वीर, मेलुङ गाउपालिका केन्द्र जोरधारा छेउको हो। मेलुङ गापा– ३ मुकुनेबाट सिरियस बिरामी जनकबहादुर तामाङलाई उपचारका लागि काठमाण्डौं लादै गरेको दृश्य हो यो। जहाँ एम्बुलेन्स जाने कुनै सम्भावना छैन, कार्यलय छेवैमासमेत यस्तो हालत हुनु भनेको गाउपालिकाको बेइजत मात्रै नभई स्थानिय सरकारको उदासिनता र लज्जास्पद अवस्था देखाउछ’ उनले लेखेका छन्–‘तस्बिरमा देखिएको एक चिरिच्याट ढाकाटोपी र सेतो जुहारिकोट लगाउने राम्रो मान्छे गाउँपालिका अध्यक्ष नरबहदुर श्रेष्ठ ज्यु हुनुहुन्छ ।’

बिरामी बोक्ने ब्यक्तिहरुले बिरामी लिन आएको गाडी बाटोमा पहिरो÷हिलोमा फसेकाले वाटो सफा गर्न डोजर पठाई दिनुपर्यो भन्दै फोन गर्दा ‘म चरिकोटमा छु’ भनेका अध्यक्ष केही समयपछि त्यहि भेटिएपछि यो अवस्था आएको लामाले लेखेका छन् । 

‘केहीबेर अगाडि बिरामी बोक्ने ब्यक्तिहरुले नरबहदुर श्रेष्ठलाई बिरामी लिन आएको हाम्रो गाडी बाटोमा पहिरो÷हिलोमा फसेको छ, गाउँपालिकाको डोजरले सफा गरिदिनु पर्यो भनी फोन गर्दा म चरिकोट छु मैले बाटो सफा गर्न भनिदिन्छु भनेको मान्छे एकछिनपछि बिरामी बोक्नेहरु जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ तेही देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिदा त्यो बेलासम्म ३ वटा स्ट्रेचरसमेत भाँचिएकोले आक्रोशित भइ यो स्थिती सिर्जना हुन पुग्यो’ उनले अगाडि लेखेका छन्–‘यसको सम्पुर्ण जिम्मेवारी स्थानिय सरकारले लिनुपर्छ । बिकास गर्नेबेला निदाएर बस्ने सरकारको नियती यस्तै हुन्छ। बेलैमा होस पुर्याउ अन्यथा यस्तो परिस्थिति अरु सिर्जना नहोस।’

विशेष