News राजनीति

किन चर्चामा आएन नेकपा (एकिकृत समाजावादी) को चुनाव चिन्ह ?

किन चर्चामा आएन नेकपा (एकिकृत समाजावादी) को चुनाव चिन्ह ?

नेता माधवकुमार नेपाल समूहले नेकपा एमाले फुटाएर नेकपा (एकिकृत समाजावादी) पार्टी दर्ता गरेपछि उक्त पार्टीको चुनाव चिन्हका वारेमा सर्वत्र चासो छ। तर, चुनाव चिन्हका विषयमा हालसम्म पनि पार्टी स्पष्ट पारेको छैन ।

नेकपा (एकिकृत समाजावादी) का लागि सुरुमा ‘खुल्ला किताव’ चुनाव चिन्ह रोजिएको थियो । तर, ‘खुल्ला किताब’ पहिल्यै बुक भएको देखिएपछि त्यो चर्चा पनि सेलायो । उन्नत लोकतान्त्रिक पार्टीले ‘खुल्ला किताब’ चुनाव चिन्ह आफूहरुले पाइसकेको भन्दै नेपाल समूहलाई नदिन चेतावनी दिएको थियो ।

नेपाल समुहद्वारा पार्टीले खुल्ला किताब चुनाव चिन्ह रोजेको चर्चासँगै उन्नत पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पार्टीका केन्द्रिय सदस्य बोधराज न्यौपानेले आफूहरुको दर्ता हुँदाहुँदै किताब चुनाव चिन्ह अरुलाई दिइए आफूहरू सर्वोच्चमा जाने चेतावनी दिएका थिए।

यसअघि कलम चुनाव चिन्ह राख्ने विषयमा पनि चर्चा भएको थियो । बागमति प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनमा माधव नेपाल समुहले डा. खिमलाल देवकोटालाई कमल चुनाव चिन्हमा नै चुनाव लडाएको थियो । त्यसैले सोही चुनाव चिन्ह पाउने अपेक्षा गरिएपनि अन्तिम समयमा कलमको सट्टा खुल्ला किताव प्रस्ताव गरिएको थियो । 

खुल्ला किताव नपाएपछि अहिलेसम्म उक्त पार्टीको चुनाव चिन्हका विषयमा स्पष्ट हुन सकेको छैन । माधवकुमार नेपालका सहयोगी नितेश पौडेलले एक–दुई दिनमै पार्टी चुनाव चिन्हको प्रश्ताव गर्ने र निर्वाचन आयोगले त्यसलाई रुजु गर्ने वताए ।

निर्वाचन आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले पनि हालसम्म नेकपा (एकिकृत समाजावादी) ले चुनाव चिन्ह पाईनसकेको वताए । खुल्ला कितावको कुरा नमिलेपछि पार्टीले अर्को चिन्ह प्रश्ताव नगरेको र चुनावको वेलामा पनि चुनाव चिन्ह प्रदान गर्न सकिने भएकाले त्यसअघि जुनसुकै वेला उक्त विषय समाधान हुन सक्ने उनको भनाई छ।

माधवकुमार नेपाल नेकपा (एकिकृत समाजावादी) चुनाव चिन्ह

विशेष