News

आफूलाई अध्यक्ष बनाउन बिनाले बुझाइन प्रचण्डलाई हस्ताक्षर !

आफूलाई अध्यक्ष बनाउन बिनाले बुझाइन प्रचण्डलाई हस्ताक्षर !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई वुहारी मोह महंगो सावित हुन थालेको छ। वुहारी वीना मगरले आफुलाई प्रदेश अध्यक्ष वनाउन दवाव दिन थालेपछि प्रचण्ड अप्ठ्यारोमा पर्न थालेका छन् ।

विनाले पछिल्लो समय अध्यक्ष प्रचण्डलाई ब्ल्याकमेल गर्न सुरु गरेकी छिन् । उनले प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि दबाब दिन थालेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

काठमाण्डौमै रहे पनि प्रायः बाहिर बस्ने बीना मगर हिजोआज प्रचण्ड निवासमै वस्न थालेकी छिन्। उनले प्रचण्डलाई भेट्न आउनेसँग प्रदेश अध्यक्ष बनाउन आफ्ना लागि भूमिका खेलिदिन आग्रह गर्ने गरेको स्रोतको दावी छ।

हुँदा हुँदा उनले प्रदेश अध्यक्षका लागि आफु पक्षका नेता/कार्यकर्ताको हस्ताक्षर समेत प्रचण्डलाई वुझाएको चर्चा छ। लेखराज भट्ट पार्टीवाट बाहिरिएपछि आफैंलाई वरिष्ठ नेता घोषणा गरेकी विनाले अति नै गर्न थालेपछि अध्यक्ष प्रचण्ड भने तनावमा परेका छन् ।

वुहारीले भनेको नमान्दा सम्वन्ध विग्रने डर र भनेको मान्दा पार्टी संरचना नै ध्वस्त हुने चिन्ता उनलाई आईलागेको छ। विनाका कारण सुदुरपश्चिममा विद्रोह हुने संकेत देखिएका छन् । आफु भन्दा सिनियर नेतालाई नमान्ने र आफु नै सर्वैसर्वा ठान्ने गरेका कारण उनको आफनै क्षेत्रमा समेत नेता÷कार्यकर्ता रुष्ट छन ।

अहिले पनि विनाले प्रदेश कमिटीका नेताहरुलाई प्रचण्डको पावर देखाएर फकाउने र गलाउने रणनीति अघि वढाएको नेताहरु वताउँछन्। तर, उनको स्वभाव वुझेका नेता÷कार्यकर्ताले कसैगरी उनलाई अध्यक्ष वनाउन नहुने अडान लिएका छन्। यदि नेता÷कार्यकर्ताको भवना विपरित परिवारवाद लाद्न खोजे विद्रोह गर्ने उनीहरुको चेतावनी छ।

यो पनि

विनालाई सुदुरपश्चिमको अध्यक्ष बनाउन प्रचण्डले राखे पद रिक्त !

प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि बिना मगरको दबाब !

बिनाको त्याग र कमजोरीबारे बोले सुदुरपश्चिमका माओबादी नेता !

बिनासँग प्रचण्डलाई बाध्य बनाउने के छ ?

खानेपानी मन्त्रीवाट राजिनामा दिएपछि कता छिन बिना ?

पुस्पकमल दाहाल ‘प्रचण्ड’ वीना मगर वुहारी मोह प्रदेश अध्यक्ष वनाउन दवाव

विशेष