News

६ मन्त्रालयसहित नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने

६ मन्त्रालयसहित नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) सरकारमा ६ वटा मन्त्रालय पाउने भएको छ। समाजवादीका नेता मेटमणि चौधरीका नेकपा एस ६ मन्त्रालयसहित छिट्टै सरकारमा सहभागि हुने भएको छ।

तर सरकारमा को–को सहभागि हुने भन्ने विषय टुङ्गो लागेको छैन । मन्त्रीको विषय सोमबार टुंगो लाग्ने नेता चौधरीले बताए । माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले सरकारमा जानेबारे निर्णय नगर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदैआएको थियो । हाल २३ सांसद सहित नेकपा एकीकृत समाजवादी पार्टी प्रतिनिधिसभामा चौथो ठूलो दलको रुपमा छ ।

आइतबार बसेको समाजवादी संसदीय दलको बैठकले माधव नेपाललाई दलको नेता र वेदुराम भुसाललाई राष्ट्रियसभामा दलको नेताको रुपमा चयन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)

विशेष