News विदेश

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु

यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ ।  घटनामा दर्जनौ अन्य घाइते भएका छन् ।

उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह¥याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ ।

“आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,” यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै भने। उनले आक्रमणमा हुथीहरूको हात रहेको दावी गरेका छन्।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक संख्या अझै बढ्नसक्ने उनीहरूले बताए । हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । रासस

विशेष