News

रावलको ब्यंग्य– सरकारमा भागवण्डा राजनीति र काठमाण्डौंको फोहोर ठ्याक्कै मिल्यो

रावलको ब्यंग्य– सरकारमा भागवण्डा राजनीति र काठमाण्डौंको फोहोर ठ्याक्कै मिल्यो

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले केन्द्रदेखि प्रदेशसम्म भईरहेको सरकारको भागवण्डाको राजनीतिलाई काठमाण्डौंको फोहोरसँग तुलना गरेका छन् ।

आईतवार ट्वीटर मार्फत रावलले काठमाण्डौ फोहोर र सरकारको भागवण्डाको राजनीतिको डंगुरका विच समय ठ्याक्कै मिलेको किन होला भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्– ‘काठमाडौंमा थुप्रेको फोहोरको डुंगुर र ४५ दिन बितिसक्दा पनि संघीय सरकारले पूर्णता नपाउनु र केन्द्रदेखि प्रदेशसम्म सरकारमा भागबण्डा राजनीतिको विकृतिको डंगुरका बीच समय ठ्याक्कै मिलेको किन होला?’

नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको गठवन्धन सरकारले ४५ दिन वितिसक्दा पनि पुर्णता नपाएको र प्रदेशमा पनि सरकार ढाल्ने र वनाउने खेल सुरु भएको विषयमा रावलले ब्यंग्य गरेका हुन । 

अर्कोतर्फ डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा काठमाण्डौं दुर्गन्धित वनेको छ। मानिवसले घरघरबाट बागमती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ। 

http://

 

भिम रावल

विशेष