News राजनीति

भीम आचार्यलाई वहुमत जोगाउँन धौ–धौ, मन्त्री दिदै सांसद फकाउँदै

भीम आचार्यलाई वहुमत जोगाउँन धौ–धौ, मन्त्री दिदै सांसद फकाउँदै

नेता माधवकुमार नेपालले नेकपा एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी) दर्ता गराएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । पार्टी विभाजनपछि माधव समुहमा रहेका नेताहरुलाई एमालेमै रोक्न अध्यक्ष केपी शर्मा ओलीले दुई वटा प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन गरे ।

प्रदेश १ मा साबिक माधव नेपाल समूहका भीम आचार्य मुख्यमन्त्री बनेका छन्। प्रदेशसभामा बहुमत कायम राख्ने प्रतिवद्धता जनाएपछि आचार्यलाई मुख्यमन्त्री वनाईयो। तर, प्रतिवद्धता अनुसार प्रदेशसभामा उनलाई वहुमत जोगाउन भने मुस्किल पर्ने देखिएको छ । 

आचार्यले प्रदेशसभामा वहुमत कायम राख्न ४७ सांसद आफु पक्षमा पार्नु पर्ने छ। ९३ सदस्यीय प्रदेशसभामा १ जना पदमुक्त भएपछि अहिले ९२ सदस्य कायम भएको छ। माओवादी केन्द्रबाट निर्वाचित टंक आङबुहाङ एमाले प्रदेश गर्दा पदमुक्त भएका छन्। 

९२ मध्ये एमालेका ५१ सांसद छन्, उनीहरुमध्ये सभामुख प्रदीपकुमार भण्डारीले मतदान प्रक्रियामा भाग लिन नपाउने भएपछि मतका हिसाबले एमालेको ५० मात्र हो । नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ र जनता समाजवादी पार्टीका तीन सांसद छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकएक सांसद छन् ।

ति मध्ये कति सांसद नेकपा (एकीकृत समाजवादी) मा जाने हुन भन्ने टुङ्गो लागि सकेको छैन । तत्काल नेकपा (एकीकृत समाजवादी) मा प्रदेश सांसदहरु राजेन्द्र राई, कृष्ण कुमारी राई र गणेश काङमाङ गरी तीन जना खुलिसकेका छन् । थप दुई जना सांसद नयाँ पार्टीमा जाने हो भने प्रदेश सभामा एमालेले वहुमत गुमाउँछ । 

तर, मुख्यमन्त्री आचार्यले नयाँ पार्टीमा लाग्ने तयारी गरेकालाई मन्त्री बनाएर भए पनि एमालेमै बहुमत पु¥याउने रणनीति वनाएको एक नेता वताउँछन् । तर, उनको यो प्रयास पनि असफलतातर्फ उन्मुख छ। 


मुख्यमन्त्री आचार्यको सत्ता उल्ट्याउन विराटनगरमा गुटवन्दी सुरु भएको छ । त्यसका लागि एकीकृत समाजवादी निकट प्रदेश सांसदहरु विराटनगरको बिग होटलमा डेरा जमाएर वसेको जनाईएको छ । उनीहरुबीच दुई दिनदेखि होटलमै वसेका छन् ।

नेकपा समाजवादीबाट मुख्यमन्त्री प्रस्ताव गरिएका राजेन्द्र कुमार राई होटलको ३१४ नम्वरको ‘सुइट डिलक्स रुम’ वुक गरेर वसेका छन् भने अन्य सांसदहरुका लागि ९ वटा रुम वुक गरेर राखेको होटल प्रशासनले जनाएको छ । राईले कम्तीमा पनि १५ जना सांसद आफु पक्षमा आउने दावी गरेका छन् ।

उनीहरु मध्ये केहि सांसदहरु होटलमा दैनिक आउने–जाने गरिरहेका छन। होटलमा राजेन्द्रकुमार राईसहित उदयपुरकी सांसद सुनिता कुमारी चौधरी, खोटाङका राजन राई तथा आईतवारदेखि मोरङका सांसदहरु उपेन्द्र कुमार घिमिरे, कृष्ण कुमारी राई, सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बु पनि देखिएका छन् ।संखुवासभाकी प्रदेश सांसद सरिता थापासमेत बैठकमा सहभागी रहेको स्रोतको दावी छ।

यसैगरी, सोही होटलमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोसहितका सांसदहरु समेत बसेको पाईएको छ। नेकपा (एकिकृत समाजवादी) को वैठकमा उनीहरु समेत सहभागि हुने गरेका छन् ।  

नेता राईले शनिबार कांग्रेसका सांसदरुसँग पनि होटलमा कुराकानी गरेको चर्चा छ। यसरी नयाँ पार्टीप्रति एमाले सांसदहरुको लगाव तथा एकिकृत समाजवादीको तयारी हेर्दा संख्यात्मक समिकरणमा आचार्य कमजोर हुने र सरकारले पुर्णता नपाउँदै  ढल्ने जोखिम बढेको वढेको सांसदहरुको विचमा चर्चा छ। 

माधवकुमार नेपाल नेकपा (एकिकृत समाजवादी) प्रदेश सरकार केपी शर्मा ओली प्रदेश १

विशेष