News

तुईन प्रकरणमा कोमल वलीको प्रश्न– समिति बनाएर मात्रै बस्ने कि भारतलाई सोध्ने पनि ?

तुईन प्रकरणमा कोमल वलीको प्रश्न– समिति बनाएर मात्रै बस्ने कि भारतलाई सोध्ने पनि ?

राष्ट्रियसभाकी सदस्य कोमल वलीले दार्चुलाको ब्यास नगरपालिकामा भएको तुईन प्रकरणमा ‘समिति बनाएर मात्रै बस्ने कि हिम्मत बनाएर भारतलाई सोध्ने पनि ?’ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्ने क्रममा उनले उनले ‘कि यो सरकार भारत सरकारसँग कम्फर्टेबल हुन खोजेको हो ?’ भन्दै प्रश्न गरेकी हुन । महाकाली नदीमाथि तुइन काटिएको घटनालाई लिएर सरकारले भारतसँग हिम्मतका साथ कुरा गर्न नसकेको उनको आरोप छ।

‘नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ। प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन’, उनले भनेकी छन्, ’एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्त भएका कुरा छर्लंग भइसकेको छ। यो जति भत्र्सना गरे पनि कम हुन्छ। मानवताविरोधी र क्रुर अनि लज्जास्पद पनि छ।’

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालि दिँदा महाकालीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपु¥ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

यो पनि

प्रचण्डकै कार्यकर्ता भन्छन् – यो सरकार भारतबाट संचालित छ

कोमल वली तुईन प्रकरण

विशेष