News अपराध सुरक्षा

वलात्कारी मन्त्री वरखास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

वलात्कारी मन्त्री वरखास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बरखास्त गर्न माग गर्दै आईतवार कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ। 

युवासंघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो । एमाले पार्टी कार्यालयबाट जुलुससहित मुख्यमन्त्री कार्यालय पुगेका उनीहरुले बलात्कारी मन्त्री चाहिँदैन, मन्त्रीलाई बरखास्ती गर जस्ता नारा जुलुस गरिरहेका छन्।

मन्त्री शाहीमाथि वलात्कारको आरोप लागेको छ। तत्कालीन स्वकीय सचिव अमर सेजुवालकी श्रीमतीलाई यौन दूर्ब्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनी अप्ठ्यारोमा परेका छन् ।

शाहीले ०७६ माघमा उक्त घट्ना घटाएको पीडित परिवारले जनाएका छन् । प्रदेश सांसद मात्रै रहेका शाही अहिले मन्त्री छन् । उनीमाथि ढिलो गरी वलात्कारको आरोपमा प्रहरी कार्यालयमा उजुरी गरिएको छ । घटना ढिलोगरी प्रहरीमा पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिएको छ।

सार्वजनिक भएको भिडियोमा पीडित महिलाको कोठाको ढोकामा आवाज सुनिन्छ। उनले ढोका खोलेपछि शाही भित्र छिर्छन र खाटमा बस्ने बित्तिकै महिलालाई अंगालो हाल्छन् । यो जानकारी पीडितका पति अमर सेजुवालले पनि थाहा पाएको जनाईएको छ ।

यो पनि

स्वकिय सचिवकी श्रीमतीलाई आंगालो हाल्ने मन्त्रीको भिडियो सार्वजनिक

बलात्कार कुर्मराज शाही कर्णाली प्रदेश

विशेष