News

उपचारपछि स्वदेश फर्केका खनाललाई लिन अध्यक्ष नेपाल आफै विमानस्थलमा

उपचारपछि स्वदेश फर्केका खनाललाई लिन अध्यक्ष नेपाल आफै विमानस्थलमा

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल काठमाण्डौ आईपुगेका छन् । मिर्गौला प्रत्यारोपण सफल भएपछि नयाँदिल्लीबाट उनी काठमाडौँ आइपुगेका हुन् । 

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत साउन २० गते उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या भएको थियो । खनाल सााढे दुई महिनापछि नेपाल फर्किएका हुन् ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी दल दर्ता गरेपछि खनालले नेपाली राजदूतावास दिल्लीबाट नै आफ्नो सनाखत गरेका थिए । नेकपा एमालेका वरिष्ठ नेताका रुपमा दिल्ली गएका खनाल एकिकृत समाजवादीको वरिष्ठ नेताका रुपमा स्वदेश फर्किएका हुन।

खनाललाई लिन अध्यक्ष माधवकुमार नेपाल आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। 

झलनाथ खनाल

विशेष