News राजनीति

प्रचण्ड भन्छन्– आगोसँग खेलेपछि ओलीको सरकार ढल्यो, अब प्रदेशमा पनि त्यही हुन्छ 

प्रचण्ड भन्छन्– आगोसँग खेलेपछि ओलीको सरकार ढल्यो, अब प्रदेशमा पनि त्यही हुन्छ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले अव मधेश कब्जा गर्ने वताएका छन् । 

सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

माओवादी १ नम्बर पार्टी नभएसम्म देशमा स्थायित्व र विकास नहुने उनको भनाई छ। ‘जबसम्म माओवादी फेरि नम्बर एक पार्टी हुँदैन, तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ दाहालले भने–‘माओवादीबाहेकलाई अरुलाई भोट दिँदा कसैको मुक्ति हुँदैन। दलाल र जाली–फटाहाले मधेसको मसिहा बनेर जनतालाई चुसेको हामीले देखेका छौँ।’

‘माओवादीबाहेक अरु कसैलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने हामीले गएको तीन वर्षमा भोगिसकेका छौँ। मधेस माओवादीमय नभएसम्म मधेसी जनताको मुक्ति सम्भव छैन’– उनले भने।

केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्मका सबै उपलब्धी झण्डै गुमेको भन्दै दाहालले भने–‘अब हाम्रो पार्टीले मधेसमा कब्जा जमाउने छ। त्यसपछि मात्रै त्यहाँका जनताले अधिकार पाउँछन्।’

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ओलीले आगोसँग खेलेर गल्ती गरेको वताए । ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौ, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो’, उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान्।’

उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताए। 

पुष्पकल दाहाल‘प्रचण्ड’

विशेष