News

जगाती र प्रतापले पाए अभिभावक, चोलेन्द्रले लिए जिम्मा

जगाती र प्रतापले पाए अभिभावक, चोलेन्द्रले लिए जिम्मा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हाल राष्ट्रिय प्राकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको सदर चिडियाखानामा रहेका ५ वटा बाघ मध्ये दुईवटा बाघको अभिभावकत्व ग्रहण गरेका छन् । 

वन्यजन्तुको अभिभावकत्व ग्रहण गरौं भन्दै कोषले सुरु गरेको अभियान अन्तर्गत प्रधानन्यायाधीश जबराले ‘जगाती’ र ‘प्रताप’ नाम गरेका दुईवटा बाघको अभिभावकत्व ग्रहण गरेका हुन ।

जगाती चिडियाखानाको एकमात्र पोथी बाघ हो । जगातीलाई २०७५ साल पुस १८ गते चितवनबाट उद्धार गरेर ल्याइएको थियो। जगाती करिव ६ वर्षको उमेर रहेको छ। 

अर्को बाघ हो ‘प्रताप’ । प्रताप १० वर्षको एक वयस्क बाघ हो । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने प्रतापपुरबाट यसलाई २०७५ साल जेठ १६ गते उद्धार गरिएको थियो ।

जगाती र प्रताप दुवै मावन–बाघ द्वन्द्वमा परेका हुन् । मानिसहरुलाई आक्रमण गरेपछि यिनीहरुलाई उद्धार गरेर चिडियाखानामा राखिएको हो । यी दुईवटा बाघलाई चिडियाखानामा प्रजनन् गराउने उद्देश्यले करिब एक वर्ष अघिदेखि राखिएको छ । जागती र प्रतापलाई चिडियाखानाले दैनिक रुपमा ५ केजीको राँगाको मासु दिँदै आएको छ ।

सदर चिडियाखाना चोलेन्द्र शमशेर जबरा जगाती प्रताप

विशेष