News

विवेकशीलका अध्यक्ष मिश्रले वोलाएको वैठक प्रति संयोजक पाण्डेको आपत्ति

विवेकशीलका अध्यक्ष मिश्रले वोलाएको वैठक प्रति संयोजक पाण्डेको आपत्ति

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन्। 

सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका थिए। अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका हुन्।  

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

अध्यक्ष मिश्रले केहि दिनअघि संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशिल साझामा दरार उत्पन्न भएको छ । मिश्रको प्रश्ताव ब्यक्तिगत भएको पाण्डेले प्रतिक्रिया दिएका छन् ।

‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।

विवेकशील साझा पार्टी रवीन्द्र मिश्र मिलन पाण्डे

विशेष