News अर्थ

अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैनः मन्त्री साह

अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैनः मन्त्री साह

प्रदेश २ का नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब नहुने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

अर्थमन्त्री नियुक्त भएपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन । उनले यथाशीशीघ्र विनियोजित बजेट निकासा हुने वताए ।

मन्त्री साहले अबदेखि बैंक तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व उठाइने नीतिगत निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् । मन्त्रालयका सचिव काशिराज दाहालका अनुसार ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व लिने र पहिले राखिएको धितो मुल्यांकनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय भएको हो ।

प्रदेश सरकारको सञ्चित कोषमा रकम बढाउने उद्देश्यले ऋण बढोत्तरी गर्दा धितो मूल्यांकनको थप राजस्व असुल गरिनेछ । 

कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गर्ने, योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाइने र मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइने र कृषिमा आधारित अर्थतन्त्रको विकास गरिने मन्त्री साहले प्रतिवद्धता ब्यक्त गरे।

प्रदेश २ शैलेन्द्र साह

विशेष