News

भदौ १५ देखि बझाङका सबै विद्यालय सञ्चालनमा आउने

भदौ १५ देखि बझाङका सबै विद्यालय सञ्चालनमा आउने

कोभिड-१९ को कारण बन्द भएका बझाङका सबै विद्यालय भदौ १५ देखि सञ्चालनमा आउने भएकाछन् । भदौ १४ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । 

जिल्लामा पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या शून्यमा झरेकोले जिल्लास्थित सबै विद्यालयहरू सञ्चालनमा ल्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जनाएकाछन् । 

आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट नेपाल सरकारले जारी गरेको लकडाउन सम्बन्धि कार्यविधि अनुसार आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको कार्यक्रममा सहभागी पत्रकार उत्तम थापाले जानकारी दिएकाछन् ।

विद्यालय सञ्चालन

विशेष